बागलुङकी मायाको पर्खाइमा नवलपुरका युवा | Khabarhub Khabarhub

बागलुङकी मायाको पर्खाइमा नवलपुरका युवा


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– मध्य नेपाल चितवन र लुम्बिनीको बीच खण्डमा रहेको नवलपुर जहाँका स्थानीय युवाहरुको सहकार्य र उनीहरुकै अभिनय रहेको गीत हालै मात्र ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।

‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ बोलको गीतमा राजेशकुमारको स्वर रहेको छ । नेपाली गीत संगीतको क्षेत्रमा नयाँ गीतकारको रुपमा पहिचान बनाएका राजेश चलचित्र रोजको ‘फूल होइन काँडा’, प्रेमगीत ३ को ‘हर युग होस् प्रेमको’, निदाउँकी सपनीमा , मोटरसाईकलमा जस्ता सर्वाधिक चर्चित गीतका रचयिता पनि हुन् । यो पटक ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ बोलको गीतमा भने उनी आफैले स्वर भरेका छन् ।

नवलपुरका युवाहरुको दमदार अभिनय रहेको भिडियोमा ममता, तिलक, बिदेश, निरज, रोशन र तिलकको भूमिका देख्न सकिन्छ । दीपक कौशलको शब्द संगीत र रमित श्रेष्ठ पाल्पालीको निर्देशन रहेको म्यूजिक भिडियोमा शहरिया ठिटो र गाउँमा संघर्षशील जीवन बिताइरहेकी सरल नारीबीचको माया प्रेमको भावलाई रोमाञ्चक तरिकाबाट प्रस्तुत गर्न खोजिएको छ । भिडियोमा नवलपुरका स्थानीय पर्यटकीय स्थल, नारायणी नदी र देवचुली अनि बरचुलीको पर्वतीय शृंखला समेत देख्न सकिन्छ ।

सुरज खनालले छायांकन गरेको गीतले बाग्लुङ, पाल्पा र पूर्वी नवलपरासीबीचको भौगोलिक निकटता अनि सम्बन्धलाई समेत झल्काएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ३ : ५५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड