किन शनिबार नै गर्ने शनिदेवको पूजा ? (विधिसहित) | Khabarhub Khabarhub

किन शनिबार नै गर्ने शनिदेवको पूजा ? (विधिसहित)


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन ।

शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने गर्दछन् ।

ब्रमाण्डका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धार्मिक विश्वास छ ।

शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती दशाको प्रभाव  समेत कम पार्न सकिने बताइन्छ ।

ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ । शनिको दशा र बक्र दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने बताइन्छ ।

यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिदेवको उपयुक्त विधीले पूजाआजा गर्न जरूरी रहेको ज्योतिषीहरुले बताएका छन् ।

विभिन्न ज्योतिषीहरुले विभिन्न माध्यमबाट व्यक्त गरेको सुझावलाई आधार मानेर यहाँ साढेसातीको प्रभाव कम गर्न केही उपाय प्रस्तुत गरिएको छ ।

  • भरसक सूर्य उदाउनु भन्दाअघि हरेक शनिबार शनिको पूजा गर्ने ।
  • पिपलको बोटमा जलअपर्णसहित विशेष पूजा गर्ने ।
  • खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।
  • शनिबार कालो तिल दान गर्नुहोस्।
  • शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनोस् ।
  • छालाका जुत्ता र चप्पल पनि दान गर्दा प्रयोग नगर्ने ।
  • शनिबार हनुमान चालीसाको पाठ गर्नोस् ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ५ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०