पञ्जाबलाई हराउँदै बैंगलोर आईपीएलको प्ले अफमा | Khabarhub Khabarhub

पञ्जाबलाई हराउँदै बैंगलोर आईपीएलको प्ले अफमा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

सारजाहमा आइतबार पञ्जाबलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो ।

बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो ।

पञ्जाबका मयांक अग्रवालले ५७ रनको अर्धशतकीय खेलेपनि टोलीलाई जिताउन सकेनन् । यस्तै कप्तान केएल राहुलले ३९ रन जोडे भने एडिन मार्क्रम २० रन तथा साहरुख खान १६ रनमा आउट भए  ।

बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

बैंगलोरका लागि गले म्याक्सवेलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै देबदुत पडिकलले ४०, कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले २३ रन बनाए ।

जितसँगै बैंगलोरले १२ खेलमा १६ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा छ । पञ्जाब १० अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ६ : २५ बजे

नेपाल उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन

रुस–युक्रेन युद्ध : करिब २ हजार बालबालिकाको मृत्यु

काठमाडौं– युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि रुस–युक्रेन युद्धमा करिब २

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी