टोकियो ओलम्पिक : एथ्लेटिक्समा थप विश्व कीर्तिमान | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : एथ्लेटिक्समा थप विश्व कीर्तिमान


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा पुरुष हर्डल्सको ४ सय मिटरमा सनसनी फैलिएको एक दिनपछि महिला हर्डल्समा पनि त्यत्तिकै उत्कृष्ट प्रदर्शन भएको छ । अमेरिकी धाविका सिड्नी म्याकगलनले आफ्नो नाममा रहेको पुरानो विश्व कीर्तिमान भङ्ग गरेर स्वर्ण पदक जितेकीछिन् । उनले ५१.४६ सेकेन्डमा रेस पूरा गरिन् ।

सो रेस ५१.५८ सेकेन्डमा पूरारा गर्दै अमेरिकाकै डालिया मुहमुदले रजत पदक जितिन् । डालिया साबिक विजेता, विश्व च्याम्पियन तथा पूर्वविश्व कीर्तिमानधारी हुन् । डालियाको कीर्तिमान यस घि म्याकगलनले जुलाईमा अमेरिकाको ओलम्पिक छनोटमा भङ्ग गरेकी थिइन् ।

नेदरल्यान्ड्सकी फेम्के बोलले कास्य पदक जितिन् । बोलले ५२.०३ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । यो समय गत वर्ष डालियाले कायम गरेको ५२.१० सेकेन्डको विश्व कीर्तिमान भन्दा छिटो हो ।

महिलाको ३ हजार मिटर स्टिपल चेजमा युगान्डाकी चेमुताई परथले स्वर्ण, अमेरिकाकी कर्टनी फ्ररिसले रजत र केन्याकी हाइभिन केइथले कास्य पदक जिते ।

पुरुष ह्यामर थ्रोमा पोल्यान्डका नोओस्की ओविचले स्वर्ण पदक र नर्वेका एलभिन्ड हेनरिक्सनले रजत जिते । पोल्यान्डकै पावेल फाज्डेकले ांस्य पदक जिते ।

एक दिनअघि भएको यसैको महिला स्पर्धामा पनि पोल्यान्डले स्वर्ण र कास्य पदक जितेको थियो । चालु ओलम्पिकमा एथ्लेटिक्समा पोल्यान्डको यो तेस्रो स्वर्ण पदक हो । यसअघि पहिलो दिन चार गुणा चार सय मिटर मिश्रित रिलेमा पोल्यान्डले स्वर्ण पदक जितेको थियो ।

पुरुष ८ सय मिटरमा केन्याका कोरिर एमानुएलले स्वर्ण र रोटिच फर्गुसनले रजत पदक जिते । पोल्यान्डका डोबेक पटायकले कास्य जिते ।

पुरुष २ सय मिटर दौडको उपाधि क्यानडाका आन्द्रे डे ग्रसले जिते । अमेरिकाका केनिथ बन्डरनायकले रजत जिते । विश्व च्याम्पियन अमेरिका नोह नायल्स तेस्रो स्थानमा सीमित रहे । ग्रस र बन्डरनायक दुवैको यो अहिलेसम्मकै उत्कृष्ट समय हो । अमेरिकाका केनिथ विङटन चौथो स्थानमा थिए ।

बुधबार भएको म्याराथन पौडीमा ब्राजिलकी अन्ना चुना मार्सेलाले स्वर्ण पदक जितिन् । सो स्पर्धामा नेदरल्यान्डकी सारोन भान राउनाडेलले रजत र अस्ट्रेलियाका करिना लिले कास्य पदक जिते ।

सेलिङको पुरुष टु पर्सन डिन्हेमा अस्ट्रेलियाले स्वर्ण, स्विडेनले रजतर स्पेनले कास्य पदक पाए । महिला टु पर्सन डिन्हेमा बेलायतले स्वर्ण, पोल्यान्डले रजत र फ्रान्सले कास्य पदक जिते ।

स्केट बोर्डिङको महिला स्पर्धामा जापानकी याकुरा यासुजुमीले स्वर्ण, जापानकै कोकोना हिराकीले रजत र बेलायतकी स्काइ ब्राउनले कास्य पदक जिते ।

साइक्लिङको पुरुष टिम पर्सुटमा इटालीले स्वर्ण, डेनमार्कले रजत र अस्ट्रेलियाले कास्य पदक जिते ।

आर्टिस्टिक पौडीको दोहोरो फुइल रुटिनमा रुस ओलम्पिक कमिटीले स्वर्ण, चीनले रजत र युक्रेनले कास्य पदक जिते ।
इक्वेस्ट्रियनको एकल जम्पमा बेलायतले स्वर्ण, स्विडेनेले रजत र नेदरल्यान्ड्सले कास्य पदक पाए ।

कुस्तीको ग्रीको रोमनको पुरुष ६७ किलोमा इरानका गेराइ मोहम्मद राजाले स्वर्ण पदक जिते । युक्रेनका नासिभोभ पाभिजले रजत पदक हात पारे । सो स्पर्धामा जर्मनीका फ्रान्क स्टेबलर र इजिप्टका अली साइद इब्राहिमले कास्य पदक जिते ।

पुरुषकै ग्रीको रोमन ८७ किलोमा यक्रुेनका झान बेलेनयुकले स्वर्ण पदक जिते । हङ्गेरीका भिक्टर लोरिन्जले रजत र जर्मनीका डेनिस मस्का मिलान र सर्बियाका कुदला डेनिसले कास्य पदक जिते ।

महिला फ्री स्टाइल ६२ किलोमा जापानकी युकाको कुवाकीले काजकस्तानकी एसिलिलु टायनकोभालाई हराउँदै स्वर्ण पदक जितिन् । युक्रेनकी आर्यना कोलिडेन्को र बुल्गेरियाकी युसेन ताये मुस्ताफाले कास्य पदक जिते ।

भारोत्तोलनको पुरुष १०९ किलोभन्दा माथिको तौल समूहमा जर्जियाका लासा टाला काज्देले विश्व कीर्तिमानसहित स्वर्ण पदक जिते । इरानका अली डभाउडिले रजत तथा सिरियाका असाद मानले कास्य पदक जिते ।

बक्सिङमा महिला फ्लाइ वेटमा टर्कीका काकीरोगु बुसे र बुल्गेरियाकी स्ट्रोका जयलकोभा फाइनलमा प्रवेश गरेका छन् । महिला वेल्टरवेटमा चीनकी गु होङ र टर्कीकी बुसेनाज सुरेमेन्ली फाइनल प्रवेश गरे ।

पुरुषको सुपर हेभिवेटमा अमेरिकाका रिचार्ड जुनियर र उज्बेकिस्तानका जाकोलिभ बदिर फाइनल प्रवेश गरे ।

महिला हक्कीको सेमिफाइनलमा नेदरल्यान्डले बेलायतलाई र अर्जेन्टिनाले भारतलाई हराए । भलिबलको महिलातर्फको क्वार्टर फाइनलमा दक्षिण कोरियाले टर्कीलाई, अमेरिकाले डोमेनिक गणतन्त्रलाई र सर्बियाले इटालीलाई हराए ।

पुरुषतर्फको वाटर पोलोको क्वार्टर फाइनलमा स्पेनले अमेरिकालाई र ग्रीसले मोन्टेनेग्रोलाई हराए । सर्बियाले इटालीसँगको र हङ्गरीले क्रोएसियासँगको खेलको जित हात पारे ।

बुधबारको खेल सकिँदा पदक तालिकामा चीनको ३२, अमेरिकाको २५ र जापानको २१ स्वर्ण पदक छ ।

–एसेन्सीहरूको सहयोगमा

 

 

 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १० : १६ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय