गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता | Khabarhub Khabarhub

गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

संघीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अघि बढ्नेबारे छलफल


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।

भेटमा गृहमन्त्री खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका थिए ।

गृहमन्त्री खाणले भेटमा सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ९ : १७ बजे

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले ‘सिधाकुरा डट कम’बाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले