अस्पतालको बिल तिर्न मेगा बैंकको ‘मेगा मेडि कार्ड’ सुविधा | Khabarhub Khabarhub

अस्पतालको बिल तिर्न मेगा बैंकको ‘मेगा मेडि कार्ड’ सुविधा


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ ।

ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो/अफ्ट्यारोमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यो सुविधा मार्फत मेगा बैंक नेपाल लिमिटेडका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहनु भएका ग्राहकहरुले न्युनतम् रु २० हजार देखि रु १ लाख ५० हजार रुपैंया सम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिना सम्मको लागि उपभोग गर्न पाइनेछ ।

बैंकले ग्राहकहरुले आवश्यक कागजपत्र पेश गरेको २ दिनमानै ग्राहकहरुलाई यस सुविधा उपलब्ध गराउने ब्यवस्था मिलाएको जनाएको छ ।

बैंकका डिजिटल तथा इबैंकिङ्ग विभाग प्रमुख विश्व सिंहका अनुसार, यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्डबापत लाग्ने शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसका साथै, बैंकले बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहनुभएका ग्राहकहरुले हेल्थ प्याकेज लिन चाहनु भएमा त्यसको भुक्तानी गर्ने सुविधा समेत ल्याएको छ । अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ ।

यस अन्तर्गत अस्पतालको बिल सोझै बैंक समक्ष पेश गरी क्रेडिट कार्ड मार्फत अस्पताललाई भुक्तानी गर्न सकिनेछ भने ग्राहकहरुले आफुले भुक्तानी गरिसकेको बिलको शोधभर्ना समेत लिन सकिनेछ ।

बैंकको देशभरका शाखा कार्यालयहरु बाट उपलब्ध यस सुविधाबारे विस्तृत विवरणका लागि आफूलाई पायक पर्ने शाखा कार्यालयहरूमा सम्पर्क राख्न मेगा बैंकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  २ : ०० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम