सरकारसँगको सहमति कार्यान्वयन नभएकोमा विप्लव समूहको असन्तुष्टि | Khabarhub Khabarhub

सरकारसँगको सहमति कार्यान्वयन नभएकोमा विप्लव समूहको असन्तुष्टि


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफूहरुसँग गरेको सहमति गम्भीरतापूर्वक कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्झौता कार्यान्वयनमा ढिलाइ भएको र यस बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको जानकारी दिए । उनले आफूले इमान्दारीपूर्वक सरकारसँग भएको सहमति कार्यान्वयन गरेको र सरकारले पनि कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री ओलीसँगको भेटमा सहमति कार्यान्वयन गर्ने आश्वासन पाएको उनको भनाइ छ । उनले राष्ट्रिय राजनीतिमा पार्टीको शान्तिपूर्ण ढंगले प्रवेश सामान्य घटनाक्रम नभएको बताए ।

तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा पुगेको उनले बताए । विश्वकर्माले आफ्ना नेता कार्याकर्तालाई छिटो भन्दा छिटो रिहाइ नगरे त्यसको मूल्य सरकारले चुकाउनुपर्ने चेतवनी पनि दिए ।

विश्वकर्माले परिवर्तन र जनमतलाई अब कसैले रोक्न नसक्ने बताए । उनले संसद पुनर्स्थापना भएपनि/नभएपनि आफूहरूको सरोकारको विषय नरहेको तर्क गरे । आफूहरू अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : ५४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम