हाम्रोपात्रोबाट अब रेडियो एचडीमा सुन्न सकिने | Khabarhub Khabarhub

हाम्रोपात्रोबाट अब रेडियो एचडीमा सुन्न सकिने


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’मा अब रेडियो एचडी (हाइ डेफिनेसन) अर्थात उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ ।

उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेसनलाई थप स्पष्ट सुन्न सकिने  व्यवस्था मिलाइएको हो ।

यसअघि ३२ केबीपीएस तथा ६४ केबीपीएसमा उपलब्ध रेडियोहरु अब एचडी अर्थात् १२८ केबीपीएसमा समेत सुन्न सकिनेछ । हाल ईमेज एफएम, उज्यालो रेडियो नेटवर्क, विजया एफएम, नेपाली रेडियो नेटवर्क, क्लासिक एफएम एचडीमा गइसकेका छन् । बाँकी रेडियोलाई समेत क्रमशः एचडीमा रुपान्तरण गर्ने तयारी चलिरहेको हाम्रो पात्रोका प्रबन्ध निर्देशक सुदिना गौतमले जानकारी दिइन् ।

‘अबको केही दिनमा ५०  वटा एफएम रेडियोलाई एचडीमा लैँजादैछौं,’ उनले भ‍निन्, ‘यसैगरी अबको दुई महिनाभित्र सय वटा रेडियोलाई एचडीमा उपलब्ध गराउने हाम्रो योजना छ ।’

हाल हाम्रो पात्रोमा देशभरका करिब पाँच सय रेडियो सुन्न सकिने सुविधा छ । हाम्रो पात्रो एपमार्फत देश-विदेश जतासुकै बाट नेपाली रेडियो सुन्न सकिन्छ ।

परम्परागत प्रविधि अर्थात एफएम रेडियो सेटमामार्फत सीमित क्षेत्रमा मात्र एफएम रेडियो सुन्न सकिने सीमिततालाई हाम्रो पात्रोले तोडेको छ । जसले गर्दा रेडियो फ्रिक्वेन्सी बिना देशभरका रेडियो विश्वभर सुन्न सम्भव भएको हो ।

८ वर्षअघि अर्थात् सन् २०१३ मा रेडियो प्रसारणलाई आफ्नो प्लेटफर्ममा जोडेको हाम्रो पात्रोमा हाल दैनिक चार लाख स्रोताले रेडियो सुन्ने गरेका छन् ।

न्यून इन्टरनेट ब्याण्डविथ खपत गर्ने भएकाले वाईफाई तथा फिक्स लाइन इन्टरनेट नहुँदाको बखत मोबाइल डेटाबाट समेत हाम्रो पात्रोमा रेडियो सुन्न सकिन्छ । यस किसिमको सहजताले अहिले अनलाइनमा रेडियो सुन्नेको संख्यासमेत बढ्दै गएको छ ।

हाम्रो पात्रोले साउथकास्ट स्ट्रिमिङ प्रविधिमार्फत देशभरका रेडियोलाई आफ्नो एपमा स्ट्रिमिङ गर्दै आएको छ । यसका लागि सम्बन्धित रेडियोले कम्पनीलाई स्ट्रिमिङ लिङ्क उपलब्ध गराएका छन् । त्यसवापत रेडियो स्टेसनले हाम्रोपात्रोलाई कुनै शुल्क तिर्नु पर्दैन ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १० : ४० बजे

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु