शयन स्थिति हेरेरै थाहा पाउनुहोस् को मान्छे कस्तो ? | Khabarhub Khabarhub

शयन स्थिति हेरेरै थाहा पाउनुहोस् को मान्छे कस्तो ?



यदि हजुर कुनै व्यक्तिको व्यक्तिगत विषयमा जान्न चाहनु हुन्छ भने ऊ सुतिरहेको अवस्थामा लुकेर हेर्नूहोस् कि ऊ कस्तो आसनमा सुतिरहेको छ ?  किनकी ओछ्यानमा सुत्ने शैलीले पनि व्यक्तिका आन्तरिक व्यक्तित्वको विषयमा धेरै जानकारीहरु दिन सक्दछ । एक हजार भन्दा धेरै व्यक्तिहरुको संलग्नतामा व्यक्तित्वको र शयन–स्थितिका बारेमा स्कटल्याण्डमा एउटा अध्ययन गरिएको थियो जसले व्यक्तित्व र सुत्ने शैलीका विषयमा धेरै कुराहरुको जानकारी दिन्छ ।

स्कटल्याण्डको ईडीनवर्गमा अवस्थित  निन्द्रा सम्बन्धी अध्ययन गर्ने संस्था “स्लिप असेस्मेन्ट एण्ड एडभाईजरी सर्भिसका”, निर्देशक प्रोफेशर क्रिस इजीकोवाक्सीले शयन स्थितिका मुख्य ६ स्थितीहरुको अध्ययन गरेर यी आसनहरु र व्यक्तित्वको अन्तरसम्बन्धलाई प्रष्ट्याउने कोशिस गरेका थिए । प्रोफेशर क्रिसका अनुसार जाग्रत अवस्थामा व्यक्तिको वडी–ल्यांग्वेजले व्यक्तित्वको बारेमा धेरै कुरा बताए पनि चेतना र व्यक्तिगत सजगताको कारणले सूक्ष्म  व्यक्तित्वको सबै पक्षहरु नखुल्न सक्छ ।

परन्तु सुप्त अवस्थामा व्यक्तिगत सजगता नहुने भएकाले शयन–आसनबाटै उसको सही व्यक्तित्वको धेर–थोर जानकारी लिन सकिन्छ । प्रोफेशर क्रिसका अनुसार शयन शैलीका ६ मुख्य आसनहरु फिटस, लग, यार्नर, सोल्जर, फ्रिफाल र स्टारफिस हुन् । प्रोफेशर क्रिसका अनुसार यी शयन आसन र  व्यक्तिको व्यक्तित्व यस प्रकार छः–

१. फिटसः यो गर्भावस्था शिशुको जस्तो दाँया वा बाँयातिर कोल्टे परी टाऊको, हात र खुट्टा खुम्चाएर सुत्ने, शयन स्थिति हो । यो स्थिति प्रयोग गर्ने व्यक्तिहरु बाहिर धेरै कठोर तर आन्तरिक रुपले अत्यन्त कोमल मन भएको पाईएको छ । यस्ता व्यक्तिहरु पहिलो पल्ट कसैसँग मिल्दा धेरै नखुल्ने, अल्पभाषी र लज्जालु लाग्न सक्छन् तर सम्बन्ध प्रगाढ हुँदै गए पछि चाढै सामान्य भई घुलमिल हुन थाल्दछन् । यो आसनको सबैभन्दा सामान्य स्थिति हो । प्रा.क्रिसको अध्ययनबाट प्राप्त तथ्यांङ्कानुसार पुरुषहरु भन्दा महिलाहरुमा प्रचलित यो शयन स्थिति प्रयोग गर्नेहरुको हिस्सा ४१ प्रतिशत छ। । फिटस स्थितिमा बाँया पट्टी कोल्टे परेर सुत्नेहरुमा आमाशय, कलेजो र फोक्सो जस्ता अति संवेदनशिल अंगहरुको केही न केहि समस्या भएको पनि पाईएको छ भने दायाँ पट्टी कोल्टे परेर सुत्नेहरु तुलनात्मक रुपले स्वस्थ पाईएको छ।

२. लगः सर्वेक्षणमा सामेल १५ प्रतिशत सर्वेक्षित व्यक्तिहरु दाँया अथवा बाँया तिर कोल्टे परेर हातलाई शरीरसंग टाँसेर सामानन्तर राखि खुट्टा नखुम्च्याई सुत्ने गरेको पाईएको छ। यो शयन स्थितिमा सुत्ने मान्छेहरु सोझा–सिधा, सामान्य, सामाजिक र शान्त प्रकृतिका हुन्छन् । उनीहरु नचिनेका व्यक्तिहरुमा पनि तुरुन्त विश्वास गर्न पछि हट्दैनन् फलतः यिनलाई कसैले पनि ऊल्लू बनाऊन सक्छ ।  यो स्थितिमा सुत्ने व्यक्तिहरु अत्यन्त सरल हुने भएकाले यस आसनलाई सोझाहरुको शयन आसन पनि भनिन्छ । ढाडलाई नमोडी सुत्नु पर्ने भएकाले यस स्थितिमा सुत्नेहरुमा कम्मर तथा ढाडको समस्या कम भएको पनि पाईएको छ ।

३. यार्नरः  सर्वेक्षणमा सामेल भएकाहरुमध्ये १३% ले यो शयन विधि अपनाएको पाइयो । यस्ता व्यक्तिहरु खुट्टा नखुम्च्याई कोल्टे परेर, हातलाई शरीरको लम्ववत, अगाडीपट्टी सिधै वा हल्का मोडेर सुत्ने गर्छन् । यो स्थितिमा सुत्ने व्यक्तिहरु खुला मिजासका तर  संन्दिग्ध तथा सन्काहा मनस्थितिका, निर्णय गर्न लामो समय लिने तर एकपटक निर्णय लिई सकेपछि सायदै बदल्ने, हरेक घटना र परिस्थितिलाई फाईदा वेफईदाको तराजुमा तौलिने र नयाँ कुरा तुरुन्त सिक्न सक्ने क्षमताका हुन्छन् । प्रा.क्रिसका अनुसार यो शयन विधि अपनाऊनेहरुमा एसिडिटी र निद्रामा निसास्सिने समस्या धेरै पाईएको छ।

४. सोल्जरः सर्वेक्षणमा सामेल ८ प्रतिशत व्यक्ति यस स्थितीमा सुत्ने पाइयो । यो स्थितीमा हात शरीरसंग अभिन्न राखी, ड्यूटि गरेको शैनिक जसरी उत्तानो परेर सुत्ने प्रवृतिका हुन्छन्  । यस्ता व्यक्ति शान्त प्रकृतिका, अलग्गै रहन चाहने, कसैसँग हत्त्त–पत्त्त नखुल्ने,  सानातिना कुरामा नअल्झी आफ्नो र अरुको ऊच्च भलाई चाहने प्रवृतिका हुन्छन् । घुर्ने, सुतेको समयमा निसास्सिने र गहिरो निद्रा लिन नसक्ने जस्ता समस्या यो शयन विधि अपनाऊनेहरुमा पाईएको छ।

५. फ्रिफलः  सर्वेक्षणमा सामेल ८ प्रतिशत व्यक्तिहरु यस आसनमा सुत्ने गरेको पाइयो । यस्ता व्यक्तिहरु पेटको बलले सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास राख्ने गर्दछन् । यो शयन विधि अपनाऊनेहरु मिलनसार, बहिरमुखी, चाडै ऊत्त्तैजित भईहाल्ने, कठिन परिस्थितीमा अत्तालिने, ब्यक्त्तिगत आलोचना नसहने, आन्तरिक रुपले धेरै नाजुक र घुसघुसे हुन्छन् । कामुकता र चन्चलता यस आसनमा सुत्नेहरुको एउटा विषेशता हो भने पातलो छाला र मजबुत पाचन शक्ति अर्को विषेशता हो  ।

६. स्टारफीसः  सर्वेक्षणमा सामेल व्यक्तिहरुमध्ये यस आसनमा सुत्नेहरुको सहभागिता ५ प्रतिशत थियो । यस स्थितीमा सुत्ने व्यक्तिहरु सहयोगी भएकाले प्रायः राम्रा मित्र साबित हुन्छन् । यो स्थितीमा ढाडको बलले, ऊत्त्तानो परि, खुट्टा फट्याएर, हात तकियाको आसपास राखी स्टारफिश माछाको आकृतिमा सुत्ने गरिन्छ । यो शयन विधि अपनाऊनेहरु प्रायशः सबैको कुरा सुन्न तयार हुन्छन् । यीनीहरु आकर्षणको केन्द्र बन्न चाहदैनन् । स्टारफिस  स्थितिमा सुत्नेहरुमा घुर्ने (स्नोरिङ्ग), दुस्वप्न देख्ने र निन्द्रामा निसास्सिने समस्याबाट ग्रसीत भइएको पाइयो ।

प्रा.क्रिसका अनुसार यी विभिन्न विशेष स्थितिमा सुत्नेहरु आमरुपमा अर्को शयन स्थिति परिवर्तन गरेर सुत्दैनन् तर ५ प्रतिशतले भने आसन परिवर्तन गरी सुत्ने गर्दछन् ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : १० बजे

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को