क्यान्सरबाट जोगिन चाहानुहुन्छ ? कहिल्यै नखानुहोस् यो खानेकुरा | Khabarhub Khabarhub

क्यान्सरबाट जोगिन चाहानुहुन्छ ? कहिल्यै नखानुहोस् यो खानेकुरा



क्यान्सर भन्ने वित्तिकै हाम्रो मुटु ढक्क फुल्छ । आफूलाई क्यान्सर लागेके थाह हुने वित्तिकै जो कोही पनि व्यक्ति छाङ्गाबाट खसे जस्तो हुन्छ । डर र त्रासले उसलाई सताउछ ।

संसारमा प्रत्येक वर्ष यो रोगका कारणले ९६ लाख मानिसहरूको मृत्यु हुने गरेको छ जसमध्ये ७० प्रतिशत मान्छेहरू निम्न र मध्यम आमदानी भएका देशहरूका बासिन्दाहरू हुन् ।

आज हरेक छैठौँ व्यक्तिको मृत्यु क्यान्सरको कारणले हुने गरेको छ । संसारमा यति धेरै मानिसहरू मर्ने प्रमुख रोगको कारण भने हाम्रो आनिबानी र खानपानसंग सम्बन्धित छ । हामीले जानी–जानी वा नजानीकन खाइरहेको खानेकुराहरूले त कतै क्यान्सर लागिरहेको त छैन ? आउनुहोस हामी पनि जानौँ यी क्यान्सर कारक केही खानेकुराहरू-

. सेकुवा र रातो मासु : जनावरको फल मासुलाई आगोमा सेकाएर वा घाममा सुकाएर पछिसम्म खान मिल्ने गरि संरक्षण गरेर राखिएको खाने कुरालाई सेकुवा भनिन्छ । सेकुवा मुख्य रूपमा रातो मासु बाट बनाइन्छ । रातो मासुलाई सेकुवा बनाउने क्रममा पोल्दा, तेलमा तारदा, घाममा सुकाउँदा वा प्रशोधन गर्दा धेरै प्रकारका क्यान्सर कारक तत्वहरू (कार्सिनोजीन) उत्पादन हुने हुँदा सेकुवा स्वास्थ्यका लागि राम्रो खाने कुरा हैन । यस्तै धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाइ बनाइएका परिकारहरू क्यान्सर रोगका प्रमूख कारणहरूमा पर्दछन् । यस्तै सेकुवा बनाउने क्रममा मासुलाई ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुन सक्छ । मासुलाई आगोको ज्वाला र धुवाको मुस्लोमा सिधै सेकाउँदा यसभित्रको गुलियो पदार्थ र प्रोटिन उच्चतापक्रले गर्दा परिवर्तित भई एक्रिल्यामाइड्स उत्पन्न गर्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुन्छ । एक्रिल्यामाइड्स क्यान्सर कारक यौगीक हो ।

. जङ्कफूडः  हामीले मिठो मानि–मानि खाने गरेको जङ्कफूड एवं प्रशोधित खानेकुराहरूके सेवनलाई पनि क्यान्सर कारक खाने कुरा मानिएको छ । जङ्कफूड एवं प्रशोधित खानेकुराहरूमा उच्च मात्रामा नुन, चिनी र तेल हालिएको हुँदा उच्च मात्रामा प्रशोधित खानेकुराको सेवनले क्यान्सर हुन सक्छ। यसैगरी अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संघका अनुसार मासुलाई प्रशोधन गरेर बनाईएको जङ्कफूडमा हालिएको प्रशोधित मासुलाई क्यान्सर कारक मानेको छ भने अलु, चामल वा प्रशोधित गहूँको पिठो
(मैदा)लाई तेल वा ध्यूमा तारेर बनाइएको खाने कुराहरू पनि उच्च क्यान्सर कारक खानेकुरा हुन् । यी खानेकुराहरूमा उच्च् मात्रामा चिनी, सोडा, सुगन्घकारक तत्वहरू कृतिम रंग, तेल अदि चिजहरू हाल्ने गरिन्छ ।  उच्च तापमा पकाइएको हुनाले खानेकुरामा धरै ईन्फ्लामेटरी योगीक हरू छन । यसमा अलावा जङ्कफूडके पौष्टिक मुल्य पनि अत्यन्त न्यून हुन्छ । रेशा र चोकरको मात्रा त हुँदै हुँदैन । यसर्थ जङ्कफूड खादाँ क्यान्सरको उच्च जोखिम रहन्छ ।

.रक्सी: अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सीले  रक्सीलाई समूह-१ को क्यान्सर कारक तत्वमा वर्गीकृत गरेको छ । यसको मतलब के हो भने रक्सीले मानिसमा क्यान्सर गराउदछ भनेर यथेष्ट प्रमाणहरू जुटिसकेको छ। रक्सीको सेवनले विशेष गरेर मुख, घाँटी, अन्न नली स्तन, कलेजो, पेट र ठूलोआन्द्राको क्यान्सर हुने गर्दछ।

.केल्डड्रिङ्कस एवं चिनी हालिएका खानेकुराः उच्च मात्रामा चिनीको सेवन क्यान्सरको कारण हो । उच्च मात्रामा चिनी हालिएको, रेशा र चोकर निकालिएको कम पौष्टिक मुल्यको प्रशोधित खानेकुराहरू को क्यान्सर संग गहन सम्बन्ध छ । अनुशन्धानहरूले प्रकाशित पारे अनुरूप रक्त ग्लूकोजलाई ह्वात्तै बढाउने खालका खानेकुराहरूले पेट, ठूलो आन्द्रा र स्तनलगायत अन्य धरै प्रकारका क्यान्सरहरूको जोखिम बढाउँदछ । चिनी हालिएको खानेकुरा खाइरहदा रगतमा ग्लूकोज र ईन्सुलिन दुबै बढ्दछ। उच्च रक्त ईन्सुलिनले कोषहरूको अनियन्त्रित बृद्धिलाई सहायता गर्नुको साथै ईन्फ्लामेसनलाई समेत बढाउँदछ।

. तेलमा तारेका खानेकुराः खानेकुराहरूमा पोषक तत्वहरू मौजुद हुन्छन् । यी पोषक तत्वहरू सूक्ष्म पोषकतत्व र स्थुल पोषक तत्व गरेर दुई प्रकारका छन । खानेकुरालाई तेलमा तारदा तेलको उच्च तापले खानामा विद्यमान धेरै पौष्टिक तत्वहरू नष्ट गरिदिन्छ । हामीले खाने वनस्पती तेलहरूको क्वाथनाङ्क (उम्लिने)२५० डिग्री सेल्सियस देखि ३०० डिग्री सेल्सियसबीचको  छ भने अझ धेरै बेर सम्म तेलमा तारदा यो ताप अझै बढ्दछ फलतः उच्च तापक्रमका कारण खानेकुराहरूका धेरै पौष्टिक तत्वहरू नष्ट भएर जन्छन् । यसो हुँदा खानेकुरा कम पौष्टिक हुन पुग्दछन । यसका अलावा उच्च तापकै कारणले हेटेरो साईक्लिन अमाईन र एडभान्स ग्लाईकेसन ईण्ड प्रोडक्ट जस्ता रसायनहरू निस्कने गर्दछन् । यी यौगिकहरूको उत्पादन धेरैमात्रामा भयो भने शरीरमा ईफ्लामेसन र क्यान्सरको जोखिम उच्च हुन्छ ।

 लेखक भरतपुर१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ५ : ५५ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३