प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय (भिडियोसहित) | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय (भिडियोसहित)


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र फेल गराउने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरिसकेको अवस्थामा त्यसलाई फेल गराउने निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकबारे जानकारी गराउँदै कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भने,‘विश्वासको मतका लागि भनेर संसद बोलाउने जुन काम भएको छ । ओलीजीलाई विश्वाको मतमा फेल गराउने निर्णय भएको छ ।’

प्रधानमन्त्रीले विश्वासको मत नपाइसकेको अवस्थामा वैकल्पिक सरकार गठनका लागि समेत पहल गर्ने निर्णय गरेको उनले बताए ।

उनले कांग्रेसले यसअघि नै नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको अवस्थामा संसदमा विश्वासको मत फेल भइसकेपछि वैकल्पिक सरकारका बारेमा छलफल शुरु गर्ने बताए ।

हेरौँ भिडियो

उनले भने,‘विश्वासको मतमा फेल भएको अवस्था विकल्पको सरकारका लागि के गर्ने भन्ने विषयमा हामीले छलफल शुरु गर्छौं ।’

कांग्रेसले सरकारले दोस्रोपटक अध्यादेश जारी गर्ने निर्णयको समेत विरोध गरेको छ । सहमहामन्त्री महतले भने,‘अहिले अध्यादेश मार्फत संवैधानिक आयोगहरुमा नियुक्त गर्ने कामको भर्त्सना गरेका छौं । संसदलाई पटक-पटक छल्ने कुरा पार्टीले भर्त्सना गरेको छ ।’

कांग्रेसले कोरोना महामारीले भयावह रुप लिइरहेको अवस्थामा नागरिकले उपचार नपाउने, अक्सिसनको कमी, आईसीयू कमी लगायतका तमाम विषयमा पार्टीले आफ्नो तहबाट पनि काम गर्ने र सरकारको ध्यनाकर्षण गराउने निर्णय गरेको उनले जानकारी दिए ।

उनले भने,‘ कोभिडको सन्दर्भमा कुरोले मात्रै होइन, सरकारले कामले गरोस् भनेर ध्यनाकर्षण गराउने निर्णय भयो ।’

आजको बैठकमा कांग्रेसको आगामी महाविधेशनका बारेमा समेत छलफल भएको उनले जानकारी दिए ।

पार्टीको महाविधेशन कोभिडको संक्रमण फैलिएको र निषेधाज्ञाको अवस्था रहेपनि समयमै सम्पन्न गर्नका लागि जिम्मेवारी पाएको निकायलाई काम जारी राख्न निर्देशन दिने र समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सहमहामन्त्री डाक्टर महतले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ६ : ३५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड