धमाधम आइसोलेसन केन्द्र बनाउँदै काठमाडौँ उपत्यकाका नगरहरू | Khabarhub Khabarhub

धमाधम आइसोलेसन केन्द्र बनाउँदै काठमाडौँ उपत्यकाका नगरहरू



काठमाडौँ- सोमबारसम्ममा देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरूको संख्या ५४ हजार नाघेको छ ।

कोभिड प्रभावित जिल्लाका अस्पतालका बेडहरू संक्रमितले भरिएका छन् । काठमाडौँ उपत्यकामा दैनिक ३ हजार जनाभन्दा बढी संक्रमित थपिने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यका अस्पतालहरूमा २ हजार जनाभन्दा बढी उपचाररत छन् । अन्य घरमै अइसोसेसनमा छन् ।

काठमाडौँ महानगरपालिकाभित्र मात्रै पहिलो लहरदेखि हालसम्म ३८ हजार ७४१ जना संक्रिमित भएका छन् । जसमध्य ३५ हजार ७४५ जना निको भएका छन्, हाल २ हजार ७३० जना सक्रिय सक्रमित छन् ।

महानगरपालिको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबाट प्राप्त सुचनाअनुसार काठमाडौँ महानगरमा मात्रै सोमबारसम्ममा २ हजार ४९७ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै १५८ जना अस्पतालमा, संस्थागत आएइसोलेसनमा ७५ जना छन्, २६६ जनाको मृत्यु भएको छ ।

कोरोना महामारी न्यूनीकरण र संक्रमितको व्यवस्थापनका लागि काठमाडौँ उपत्यकाका स्थानीय तहहरू के गर्दैछन् ?

काठमाडौँ महानगरपालिका

बजेट भएरै पनि कोरोना संक्रमितको व्यवस्थापनको पूर्वतयारी गर्न नसकेको आरोप काठमाडौँ महानगरलाई लाग्दै आएको छ ।

महानगरमामात्रै सक्रिय संक्रमितको संख्या ३ हजारभन्दा आइसोलेसन बेड छैन । अस्पतालमा बेड नपाएर संक्रमितहरू छट्पटाइरहेका छन् । महानगर भने भरखर आइसोलेसन केन्द्रको योजना बनाउँदैछ ।

वीर अस्पालको नयाँ भवनमा महानगरले सय बेडको आइसोलेसन राख्ने गरी सोमबार छलफल भएको उपप्रमुख हरिप्रभा खड्गीले खबरहबलाई बताइन् ।

कोभिड अस्पताल बनाउने तयारी

महानगरले शंका भएका व्यक्तिलाई जाँच गराएर क्वारेन्टिनमा बस्न प्रोत्साहित गर्ने, पर्याप्त आइसोलेसन वार्डहरू तयार गर्ने र महानगर आफैँले कोभिडको अस्पताल बनाउने तयारी गरेको प्रमुख विद्या सुन्दर शाक्यले बताए ।

शाक्यले सोमबार भएको महानगरको ६१औँ कार्यपालिका बैठकमा महानगरभित्रका होटल, पार्टी प्यालेस, स्थापना भएर चलेका वा नचलेका केही अस्पतालहरूको अवलोकन गरेको र सहकार्यका लागि प्रस्ताव गरेको बताए ।

यसका लागि महानगरले ७ सदस्यीय समिति गठन गरेको छ । ‘समिति बनाएर पन्छिने होइन, सबै मिलेर छिट्टै औपचारिक निर्णयमा पुग्नेछौँ ।’ उनले गत वर्ष २० करोड रुपैयाँ राखेर स्थापना गरिएको कोभिड कोषबाट करीब ५ करोड रुपैयाँ खर्च भएको बताए ।

दैनिक १३५ सिलिण्डर अक्सिजन

महानगर प्रमुख प्रमुख शाक्यले आइतबार शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्टको शुभारम्भ गरे ।

महानगरले उपलब्ध गराएको करिब २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट अक्सिजन उत्पादन शुरू भएको जनाइएको छ । दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ ।

यसमध्ये गङ्गलाल हृदय केन्द्रमा दैनिक करिब ९० सिलिन्डर खपत हुन्छ । बाँकी अन्यत्र पठाउन सकिन्छ ।

कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट राख्ने तयारी हुँदैछ ।

महानगरले कोभिड र अन्य बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरभित्र दैनिक ९० जनाको हाराहारीमा कोरोना संक्रमित थपिने गरेको महानगरले जनाएको छ ।

ललितपुले निषेधाज्ञा थप कडा गरी महानगरवासीलाई कोभिडबाट बच्न माइकिङमार्फत चेतनामूलक सन्देश प्रचारप्रसार गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

५० शय्याको आइसोलेसन तयार

ललितपुर महानगरले चिकित्सक, नर्स र अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन) सहितको आइसोलेसन सेन्टर निर्माण शुरू गरेको छ ।

नेपाल युथ फाउन्डेसनको पोषण पुनस्र्थापना गृह, सुनाकोठीमा ५० शय्याको आइसोलेसन सेन्टर बनाउन ८ जना कामदार खटिएको प्रवक्ता महर्जनले बताए । गत अघिल्लो वर्ष उक्त गृहमा महिला र बालबालिकाका लागि क्वारेन्टिन सञ्चालन गरिएको थियो ।

ललितपुर महानगरले बागडोलस्थित ज्यापु समाजको ११० शय्याको वृद्धाश्रम पनि आइसोलेसन सेन्टरका लागि तयार रहेको उनले बताए ।

‘ज्यापु समाजसँग छलफल भइरहेको छ, त्यहाँ अहिले ज्येष्ठ नागरिक बस्नु भएको छैन, आवश्यक पर्ने बित्तिकै वृद्धाश्रम प्रयोग गर्न सकिन्छ’ प्रवक्ता महर्जनले भने, ‘महानगरले सञ्चालन गर्ने आइसोलेसन सेन्टर उत्कृष्ट हुनेछन्, कोभिड पोजेटिभले उत्कृष्ट सेवा प्राप्त गर्ने छन् ।’

ललितपुर महानगरले आइसोलेसन सेन्टरमा मेडिकल कन्सल्ट्यान्ट, मेडिकल अफिसर, नर्स र एम्बुलेन्सकोे व्यवस्था गर्ने तयारी गरेको छ ।

भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकालिकाले नगर क्षेत्रभित्र दैनिक डिसइन्फेक्सन स्प्रे गरिरहेको जनाएको छ ।

जनचेतनामूलक माइकिङ गर्ने, टोल टोलमा साबुनपानीले हात धुने व्यवस्था गरेको, जीवाणु निर्मूल पार्न स्प्रे गर्ने काम गरिरहेको नगर प्रमुख सुनिल प्रजापतिले बताए ।

नगरभित्र ७५ बेडको आइसोलेसन बेडको क्षमता रहेको उनले बताए । नगरमा अहिले ३ वटा एम्बुलेन्स तयारी अवस्थामा छन् । ‘नगरवासीले कोभिडका बारेमा बुझ्न र जानकारी लिन हामीले डाक्टरका नम्बर सार्वजनिक गरेका छौँ,’ उनले भने, ‘होम आइसोलेसनमा बस्न अनुरोध गरिरहेका छौँ, घरमै औषधि पुर्‍याउने व्यवस्था पनि गरेका छौँ ।’

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : २८ बजे

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन