विल गेट्स र मेलिन्डाले गरे सम्बन्ध विच्छेदको घोषणा | Khabarhub Khabarhub

विल गेट्स र मेलिन्डाले गरे सम्बन्ध विच्छेदको घोषणा


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकै धनाढ्यमध्ये एक एवं माइक्रोसफ्टका संस्थापक विल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले  सम्बन्ध विच्छेदको घोषणा गरेका छन् ।

२७ वर्षअघि वैवाहिक जीवनमा जोडिएका दुबैले सम्बन्ध विच्छेदको घोषणा गरेका हुन्।​

विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको यो जोडीले धेरै लामो छलफलपछि यो निर्णयमा पुगेको सामाजिक सञ्जाल ट्वीटमा उल्लेख गरेका छन् ।

‘धेरै सोच–विचार र हाम्रो सम्बन्धमा काम गरेपछि हामीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौँ, ट्वीटमा लेखिएको छ ।

अलग भएपछि पनि दुवैले विल एण्ड मिलिन्डा फाउन्डेसनको काम जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

सन् २००० मा स्थापना गरिएको यो फाउन्डेसनले अहिलेसम विश्वभर विभिन्न क्षेत्रमा लगभग ५४ बिलियन डलरको सहयोग गरिसकेको छ।

६५ वर्षीय विल गेट्स र ५६ वर्षीय मिलिन्डाको माइक्रोसफ्ट मै भेट भएपछि सन् १९९४ मा विवाह भएको थियो । उनीहरूका तीन सन्तान छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : १० बजे

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।