वर्मेली सैन्य तख्तापलटविरुद्ध ध्यानाकर्षण | Khabarhub Khabarhub

वर्मेली सैन्य तख्तापलटविरुद्ध ध्यानाकर्षण


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल डेमोक्रेटिक युनियनले वर्मेली सैन्य तख्तापलटविरुद्ध ध्यानाकर्षण भएको जनाएको छ ।

म्यानमारमा बन्दूकको बलमा जननिर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको अवैधानिक सैनिक सरकारले लोकतन्त्र र मानव अधिकारको पुनर्बहालीका लागि प्रदर्शन गरिरहेका म्यानमारका जनताको दिन–प्रतिदिन हत्या भईरहेको घटनाले शुब्ध भएको नेपाल डेमोक्रेटिक युनियनले जनाएको छ ।

युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिष्ट चीनको सहमा बर्मिज जनतालाई जिउदै आगोमा फालेर मारिएको तथा ११ वर्षको बच्चा समेतलाई पनि मार्न छोडिएको छैन । महिला अधिकारकर्मीको छातीमा गोली हानी मारिएको छ । यो बिडम्बना हो सच्चिनुपर्छ ।’

युनियनले यतिको मान्छे मार्दै सैनिक प्रमुख मिन आंग लाइंग र तिनका जनरलहरुले रातभरी पार्टी गरिरहेको उल्लेख गर्दै वर्मालाई दोस्रो तिब्बत हांगकांग बन्नु दिनु नहुने जनाएको छ ।

युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लाखौँ नेपालीको बसोबास भएको म्यानमारमा सैनिक सरकारले मच्चाएको यस वितण्डाबाट नेपाली समुदाय समेत पीडित बनेको छ र हजारौं नेपाली म्यानमार छोडेर बाहिरिदैछन्, जो नेपाली मात्रका लागि थप चिन्तित र क्रुद्ध बनाउने घटना हो । नेपाल डेमोक्रेटिक युनियन यस घटनाको तीव्र निन्दा गर्दै सेनाद्वारा नजरबन्द गरिएकी जननिर्वाचित लोकतन्त्रवादी नेत्री आङ सान सुचीको तत्काल रिहाइ, उनको पार्टी एनएलडी माथीको प्रतिबन्ध फुकुवा र म्यानमारमा तत्काल प्रजातन्त्रको पुनर्बहालीको माग गर्दछ ।’

युनियनका संयोजक सिद्धार्थ गौतमले हस्ताक्षर गरेको विज्ञप्तिमा वर्मेली सेनाद्वारा भइरहेको यो सत्ताकब्जा, दमन र नरहत्याका पछाडि कम्युनिष्ट चीनको ‘मास्टर माइन्ड’ रहेको बारे विश्व समुदाय अवगत भइसकेको वर्तमान अवस्थामा कुनैपनि लोकतन्त्रवादी सरकार चुप लागेर बस्न नहुने जनाइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  २ : ३२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम