कर्णाली प्रदेश सरकार संकटमा, नेपाल समूहले साथ छाड्दै | Khabarhub Khabarhub

कर्णाली प्रदेश सरकार संकटमा, नेपाल समूहले साथ छाड्दै


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा पर्ने भएको छ।

आइतबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सरकारमा रहेका एमालेका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेपछि शाही नेतृत्वको सरकार संकटमा पर्ने अवस्थामा पुगेको हो ।

आजको बैठकले एमालेबाट सरकारमा गएका तीन मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ ।

‘एमालेबाट सरकारमा गएका तीन जना मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा दिई नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको छ,’ बैठकमा सहभागी सांसद दानसिंह परियारले भने,उक्त निर्देशनलाई तीनै जना मन्त्रीज्यूहरुले मान्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सरकारमा सहभागी छन् ।

संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल पक्षधरका ९ जनासहित १९ जना सांसद सहभागी थिए।

यस्तै यही चैत २४ गते दिउँसो एक बजे संसदीय दलको अर्को बैठक बस्ने सहमति भएको नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।

उनले चैत ५ गतेदेखि लागू हुने गरी सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णयमा सरकारले कुनै पनि हेरफेर नगरेकोले अविलम्ब मार्ग प्रशस्त गर्नका लागि आग्रह गरिएको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ८ : १७ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा