जनमत पार्टीको महाधिवेशन तयारी तीव्र, अध्यक्षमा सीके राउतको एकल उम्मेद्वारी | Khabarhub Khabarhub

जनमत पार्टीको महाधिवेशन तयारी तीव्र, अध्यक्षमा सीके राउतको एकल उम्मेद्वारी


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– डा. सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय अध्यक्षमा पुनः राउत नै हुने पक्का भएको छ ।

पार्टीको प्रथम महाधिवेशनमा अध्यक्षका लागि एकल उम्मेदवारी परेको हुनाले पुनः राउत नै अध्यक्ष हुने पक्का भएको हो । अध्यक्ष पदमा अन्य नेताको उम्मेदवारी नपरेकाले उनी निर्विरोध पुनः अध्यक्षमा निर्वाचित हुनेछन् निर्वाचन समितिका संयोजक संजयकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्ष बढीमा ७ जना राख्न पाइने पार्टीको विधान छ । उपाध्यक्ष पदमा पनि चार जनाको मात्र उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि मो. अब्दुल खान, ई.बसन्तकुमार कुशवाहा, ई. दीपककुमार साह र ई. नरेन्द्र प्रसाद चौधरीले उम्मेदवारी दिएका हुन् ।

त्यस्तै महासचिवमा चन्दनकुमार मिश्रको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा कोही पनि उम्मेदवारी नदिएको उनले बताए ।

त्यस्तै सचिव बढीमा सातजना राख्न पाइनेमा ई.सुरेन्द्र नारायण यादव मात्र उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्य खुल्लातर्फ २३ सिटमा ४६ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै गैर-आवासीय मधेशी संघमा ४ सिटका लागि ५ जना र महिला १५ सिटमा मात्र १३ जनाले उम्मेदवारी दिएका छन् ।

महाधिवेशनको तयारी तीव्र

नेता एवं कार्यकर्ताले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रुपमा गरिररहेको छ । जनकपुरधामस्थित बाह्रविघा मैदानमा चैत २८ हुने महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको हो ।

पार्टीलाई सशक्त बनाउन पार्टीका नेता एवं कार्यकताहरु सक्रिय रुपमा लागेका छन् । महाधिवेशनका लागि मैदानमा विशाल पण्डाल निर्माण गरिदैछ ।

महाधिवेशनमा ५ हजार प्रतिनिधि र २५ हजार स्वयंमसेवक सहभागी हुने अध्यक्ष राउतले दावी गरेका छन् । विदेशका अतिथिहरु समेत सहभागी हुने उनको भनाइ छ ।

महाधिवेशन निर्वाचन समितिले उम्मेदवारका लागि कडा आचार–संहिता बनाएको छ । समिति जारी गरेको निर्वाचन आचार–संहिता अनुसार कुनै पनि उम्मेदवार वा तिनका समर्थकले मत माग्दा अन्य उम्मेदवारलाई कुनै पनि प्रकारको विरोध पाउँदैनन् । यस्तै गुटबन्दी र गालीगलौज गर्न/गराउन पाइने छैन ।

त्यस्तै उम्मेदवारले आफ्ना प्रतिस्पर्धीलाई लक्षित गरी विवादित अथवा दोहोरो अर्थ लाग्ने शब्द, फोटो वा संकेत गर्न गराउन नपाइने जारी आचार–संहितामा उल्लेख छ ।

कुनै प्रकारको साम्प्रदायिकता, धार्मिकता, जातियता वा लैङ्गिक विभेद झल्किने दुस्प्रचार गर्न पाइने छैन ।

महाधिवेशन निर्वाचन आचारसंहिता विपरित काम गर्ने गराउनेलाई निर्वाचन निर्देशिका अनुसार लिखित जवाफसहित स्पष्टीकरण लिने र कारबाही गर्न सकिने चेतावनी समेत उम्मेदवारलाई दिइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १२ : ५० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम