कोभिडले फरक पारेको व्यक्तित्व | Khabarhub Khabarhub

कोभिडले फरक पारेको व्यक्तित्व



म तपाईंको अनुभवसँग परिचित छैन तर मलाई महामारीका अन्तिम दिनहरू आफ्नै हिसाबमा कठिन लाग्यो । एक वर्षसम्म एउटै कुराको पुनरावृत्ति, अलगाव र तनावको एकमुष्ठ प्रभावका कारण आफ्नो कमजोर भावनासँग परिचित गरायो । एक वर्षअघिको झट्का सुस्त सुस्त हिसाबमा अन्त्य हुँदैछ ।

‘ग्राउडहक डे’ मा अन्य व्यक्तिको स्मृतिका विषयमा भनिएको जस्तै ममा पनि विखण्डित किसिमको स्मृति देखिएको जस्तो छ । कोठामा हिँड्ने क्रममा म यहाँ किन आएँ भनेर अचम्मित हुने, आफ्नो इयरबड (कानमा लगाउने एक किसिमको उपकरण) हेर्दै धेरै समय बिताउने, ठाउँहरूको र आफ्नो ‘कोभिड बबल’ भन्दा बाहिरी समूहको नाम बिर्सिने जस्ता लक्षण देखिएका छन् । कोभिड बबल भनेको चाहिँ आफ्नो घर परिवारभन्दा बाहिरी समूह हो जोसँग गफ गर्दा आनन्द मिल्छ ।

मेरा भित्री माशंपेसी कमजोर हुँदै गएको छ, बाहिरी माशंपेशी फुल्दै आएको छ । यदि मलाई मेरो ‘पर्सनालिटी ग्राफ’ का माध्यमबाट नियाल्ने प्रयास गर्नुभयो भने मलाई लाग्छ मेरो ‘जीवन्तता’ तल झरेको छ भने ‘आरक्षण’ माथि उक्लिएको छ । यस्तै मेरो ‘स्वच्छन्दता’ तल झरेको छ भने ‘चिन्ता’ को तह माथि उक्लिएको छ ।

एक वर्षको सामाजिक दूरीले हाम्रो व्यक्तित्वमा कस्तो फरक पारेछ भन्ने कुराले मलाई निकै अचम्मित बनाउँछ । यस्तो व्यक्तित्वको खासियत के हुन्छ भने यो धेरै हदसम्म स्थायी प्रकृतिको हुन्छ । त्यो परिवर्तन नै भए पनि त्यसको लागि दशक लाग्छ । केही सामान्य अवस्थामा त्यो राम्रो परिणामका लागि परिर्वतन हुन्छ ।

अनुसन्धानहरूले के देखाउँछ भने धेरै मान्छे जति धेरै परिपक्व हुँदै गए त्यति नै धेरै शान्त, आत्मविश्वासी र सामाजिक हिसाबमा संवेशनशील हुन्छन् ।

जुन किसिमको अनुभव हासिल गर्दै गयो मान्छे त्यस्तै हुँदै जान्छ । प्राप्त अनुभव आफ्नो जीवनसँग जोडिएन भने चाहिँ त्यो अचम्ममा पार्ने कुरा हो ।

जसले महामारीको दौरान आफ्नो प्रिय मान्छे गुमाए अथवा आफैँ मृत्युको नजिक पुगे, उनीहरूको आफ्नै किसिमको कथा छ । युवा र युवा अवस्थामा प्रवेश गर्दै गरेकालाई यो समय नरकीय रह्यो, विशेष गरी मेरो समूहका व्यक्तिले त्यस्तो अनुभव गरे । समाजमा आफ्नो परिचय बनाउँदै गरेका उनीहरूलाई एकान्तमा बस्नुपर्दाको समय कठिन थियो ।

पारिवारिक हिसाबमा र स्वास्थ्यका हिसाबमा म निकै भाग्यमानी थिएँ । म रोगभन्दा पनि एकान्तवासमा बस्दा पर्ने प्रभावका विषयमा बोल्न सक्छु । सबैभन्दा अप्रशंसित प्रभाव भनेको अन्य व्यक्तिको अनुपस्थितिको सञ्चय हो । खुशी पाउनुको सट्टामा हामीले भोग्नुपरेको आघात अर्को अप्रशंसित प्रभाव हो ।

मलाई सबैभन्दा मधुर लाग्ने आवाज भनेको रातको समयमा बारमा मान्छेको हाँसो हो । त्यो अवाज मैले एक वर्षसम्म सुन्न पाइनँ । यस्तो परिस्थितिमा सन् २०१९ को तुलनामा सन् २०२० मा अमेरिकीहरू दिनमा कतिपटक हाँसे भन्ने चार्ट हेर्न मलाई दिक्दार लाग्छ ।

हामी जान नपाएका धेरै साङ्गीतिक कार्यक्रम थिए । हँसिमजाकको र रात्रिकालीन खानाको मज्जा हामीले लिन पाएनौँ । तर, हामीमध्ये केहीलाई सामाजिक समस्हमा आफूलाई खोज्नुको मज्जा पनि आयो, यो विषयमा उनीहरू पहिला अवगत नै थिएनन् ।

हार्वड विश्वविद्यालयको ‘मेकिङ केयर कमन प्रोजेक्ट’ को प्रतिवेदनमा जनाइएअनुसार ३६ प्रतिशत अमेरिकी ‘गम्भीर एकान्तमा’ मा रहेको देखिन्छ । यसमा ६१ प्रतिशत युवाहरू छन् ।

मलाई यो देखेर अचम्म लाग्छ कि हामीमध्ये धेरैलाई यो सामाजिकभन्दा पनि नैतिक समस्या हो भन्ने लाग्छ ।

आफूभन्दा ठूलो उद्देश्य पूरा गर्न लागिपर्दा हामी आफूलाई विशेष महसुस गर्छौं । आफूले चिन्दै नचिनेको व्यक्तिलाई सत्कार गर्ने र ऊबाट सत्कारले लिने कुराले पनि हामीलाई विशेष बनाउँछ भन्ने बुझ्न मलाई वर्षौँ लाग्यो ।

यसमा रात्रिकालीन खानाको आयोजना हुन्छ । आफूसँगै बसेको मान्छेको खाली गिलास देखिन्छ । विमानमा अपरिचित व्यक्तिसँग केही क्षणका लागि आफू उनीसँगै रहेको अनुभूति गर्न सकिन्छ ।

म मेरो कार्यालयको बैठक वासिङटन डीसीको प्रायः एउटै कफी पसलमा राख्ने गर्थें । म वरिपरिका मान्छेले एकअर्कालाई सहानुभूति दिएको सुन्थेँ ।

महामारीको वर्ष हाम्रो जीवनकथाको एक कोष्ठकजस्तो लाग्छ । तुलनात्मकरूपमा जसले कम नोक्सानी व्यहोर्नुपर्‍यो, ५ वर्षपछि उनीहरूले यो अवस्थालाई कसरी सम्झिन्छन् होला– उपहारको रूपमा, पीडा वा मात्र एक खालीपनको रूपमा !

यो देख्दा सानो कुरा हो तर यसले दुवै पक्षलाई सुखानुभूति दिन्छ । यसले तपाईंलाई जिन्दगीका विषयमा बोध गराउँछ । यसका लागि ठूलो प्रतिबद्धताको आवश्यकता पर्दैन । आफ्नो श्रीमान् अथवा श्रीमतीलाई सानो उपहार दिँदा पनि त्यसले ठूलो खुशी दिनसक्छ ।

महामारीको दौरान यस्तो अवसर प्राप्त गर्नबाट हामी रोकियौँ ।

यो वर्ष आफैँलाई पछाडि फर्किएर हेर्ने एक उत्तम अवसर हुन सक्छ । धेरै मान्छेले आन्तरिकरूपमा नै धेरै महत्त्वपूर्ण काम गरेको र केही थकित मान्छेका विषयमा पनि मलाई थाहा छ ।

मलाई तत्कालको परिस्थितिले भविष्यका लागि योजना बनाउन मुश्किल अनुभव भएको छ । हामी लकडाउनको महादेशबाट पूर्ण स्वतन्त्रताको महादेशमा प्रवेश गर्दाको अवस्था कस्तो हुन्छ, हामी अहिले कल्पना पनि गर्न सक्दैनौँ ।

महामारीको वर्ष हाम्रो जीवनकथाको एक कोष्ठकजस्तो लाग्छ । तुलनात्मकरूपमा हामीमध्ये जसले कम नोक्सानी व्यहोर्नु पर्‍यो, पाँच वर्षपछि उनीहरूले यो अवस्थालाई कसरी सम्झिन्छन् होला– उपहारको रूपमा, पीडा अथवा मात्र एक खालीपनको रूपमा !

मैले यहाँ यस्तो वर्षको वर्णन गर्न खोजिरहेको छु जहाँ हामी सामाजिक र नैतिकरूपमा जोडिएका छौँ र भौतिकरूपमा टुक्रिएका छौँ । यसले कम्तीमा ममा नाजुकपन सहितको लचिलोपनाको विकास गरेको छ । जसले गर्दा परिवर्तनको ठूलो सम्भावना देखाएको छ ।

म मेरो स्क्रिन छोडेर, सबै विषयमा हुने राजनीतीकरण छोडेर न्यूर्योकका मेरा साथीहरूसँगको सम्बन्ध पुनर्ताजगीकरण गर्दैछु । जो मान्छेले पीडादायी समय बाँचेको हुन्छ, ऊ थप बलियो भएर उभिन्छ ।

मलाई के लाग्छ भने यो वर्षको पहिलो ६ महीनापछिको अवधि अहिले हामीले सोचेको भन्दा राम्रो हुनेछ । हामी ठूलोसानो उपलव्धिमा खुशी साट्नेदेखि लिएर उच्च प्रशंसक हुनेछौँ । हामी हजारौँ सुखद क्षणमा बाँच्नेछौँ । साथी र अञ्जान मान्छेसँग हेलमेल गर्दै उनीहरू आनन्दित भएको कृतज्ञ आँखाले हेर्नेछौँ ।

(डेभिड ब्रुक्स सन् २००३ देखि द न्यूर्योक टाइम्सका स्तम्भकारका छन् । १ अप्रिल २०२१ मा द न्यूर्योक टाइम्समा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ७ : ५९ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा