करणीको मुद्दामा महिलाई ११ वर्ष जेल | Khabarhub Khabarhub

करणीको मुद्दामा महिलाई ११ वर्ष जेल


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा कैद फैसला भई फरार महिला पक्राउ परेकी छन् ।

झापा गौरीगञ्ज ६ की २६ वर्षीया रविना राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २०७६ साल असार ३० गते जिल्ला अदालत झापाले मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा ११ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्याल झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार अदालतको फैसला अघिनै उनी फरार थिईन् ।

उनलाई ईलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले पक्राउ गरेको हो । पक्राउ पछि उनलाई अदालतमा उपस्थित गराईएको र पीसीआर परीक्षणको रिपोर्ट आएपछि कारागार पठाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  १२ : १५ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन