शल्यक्रिया गर्न विमल र विक्रम भोलि कतार जाने | Khabarhub Khabarhub

शल्यक्रिया गर्न विमल र विक्रम भोलि कतार जाने


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय विमल घर्ती मगर र विक्रम लामा मंगलबार कतार जाने भएका छन् । खेलाडीद्वय चोटको शल्यक्रियाका लागि मंगलबार कतार जाने अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन् ।

खेलाडीको चोटको शल्यकियाका लागि प्रख्यात कतारको अस्पेटर अस्पतालमा उनीहरुको शल्यसिक्रया हुनेछ । विमल र विक्रमको उपचारका लागि एन्फाले कतार फुटबल एसोसियसनसँग समन्वय गरेको छ ।

उनीहरु दुवै शल्यक्रियाको खर्च कतार फुटबल संघले व्येहोर्ने छ । फिफा विश्वकप २०२२ २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत संयुक्त छनोटको बन्द प्रशिक्षणमा रहँदा विमलले चोट बोकेका हुन् । विमलको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको छ भने मेडीएल कोल्याटरल लिगामेन्ट (एमसीएल)मा पनि हल्का चोट देखिएको छ । यस्तै ल्याटरल मेनिस्कसमा पनि केही चोट रहेको देखिएको थियो ।

यस्तै, विक्रमको भने दुई वर्ष अगाडि गरेको शल्यक्रिया गरिएको खुट्टाको थप उपचार गर्नु परेको हो । शुरुको शल्यक्रियापछि विक्रमले झण्डै डेढ वर्ष फुटबल खेलेका थिए । तर, अब उपचारपछि छिट्टै मैदान फर्किने योजनामा छन् ।

यसअघि एन्फाले रविन श्रेष्ठ र नविन महर्जनको पनि कतारमै उपचार भएको थियो । मंगलबार उपचारका लागि कतार जान लागेका विमल र विक्रमको कोरोना परीक्षण आज हुने भएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १० : ५५ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन