मुख्यमन्त्री राउतलाई पाकिस्तानी प्रधानमन्त्रीसँग जोडेर पुत्ला दहन | Khabarhub Khabarhub

मुख्यमन्त्री राउतलाई पाकिस्तानी प्रधानमन्त्रीसँग जोडेर पुत्ला दहन


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – राष्ट्रिय एकता अभियानले बाराको कलैयामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ ।

अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतलासमेत दहन गरेको छ ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले मुख्यमन्त्री राउतले पाकिस्तानको इशारामा प्रदेश २ लाई तालिबान बनाउन खोजेको आरोप लगाउँदै तत्काल राजीनामा दिन माग गरेका छन् ।

उनले भने, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन्, यस्ता भ्रष्ट मुख्यमन्त्रीलाई पदमा बसी राख्न कुनै औचित्य छैन।’

विश्वका अधिकांश देशमा मदरसामाथि प्रतिबन्ध लागिरहेको बेला नेपालमा मदरसा शिक्षा विधेयक ल्याई प्रदेश २ लाई तालिबान संस्कृतितिर धकेल्न लागिएको अन्य वक्ताहरूले आरोप लगाएका थिए ।

उनीहरूले ‘इमरान खान मुर्दावाद, मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ८ : ५० बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले