तालिबानका नेता बरादरले सरकारको नेतृत्व गर्ने ! | Khabarhub Khabarhub

तालिबानका नेता बरादरले सरकारको नेतृत्व गर्ने !


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा तालिबानले छिटै अफगान सरकारको घोषणा गर्न सक्ने जनाइएको छ । तालिबानले तालिबानका सहसंस्थापक मुल्ला बरादरको नेतृत्वमा सरकार बनाउन सक्ने रोयर्टसलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तालिबान निकट स्रोतले नयाँ सरकारबारे जानकारी दिएको रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार मुल्ला बरादर, तालिबान राजनीतिक कार्यालयका उपप्रमुख शेर मोहम्मद अब्बास स्तनिकजई, तालिबानका संस्थापक मुल्ला उमरका छोरा मुल्ला मोहम्मद याकूबले अफगान सरकारमा महत्वपूर्ण भूमिका पाउने बताएको छ ।

गत अगस्ट १५ मा तालिबानले काबुलमा कब्जामा लिए पनि हालसम्म नयाँ सरकार बनाएको छैन । ३१ अगस्टमा अमेरिकी सेना पूर्णरुपमा फर्किएपछि तालिबानले सरकार बनाउने तयारी तिब्र पारेको छ । काबुलस्थित राष्ट्रपति भवनमा भव्य समारोहको तयारी भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : ५६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम