डिसेम्बरमा विवाह गर्दै कटरीना र विक्की | Khabarhub Khabarhub

डिसेम्बरमा विवाह गर्दै कटरीना र विक्की


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाह हुने चर्चा अझै रोकिएको छैन । केही दिन अघिमात्र उनीहरुले इन्गेजमेन्ट गरेको खबर सार्वजनिक भएको थियो । त्यो खबरलाई विक्कीका पिता श्यामले असत्य भनिदिए ।

अब भने यो जोडीले यसै वर्षको डिसेम्बर महिनामा विवाह गर्ने नयाँ खबर सार्वजनिक भएको छ । उनीहरुले डिसेम्बरमा राजस्थानको उदयपुरमा विवाह गर्ने योजना बनाएका छन् । जसका लागि तयारी पनि सुरु गरेका छन् । यो विवाहमा दुवैका परिवारको उपस्थिति हुनेछ । तर उनीहरुको विवाहमा बलिउडका कुन–कुन सेलिब्रेटीलाई निम्तो दिइएको छ भन्ने केही कुरा खुलाइएको छैन ।

कामको कुरा गर्दा कटरीना फिल्म ‘टाइगर ३’मा व्यस्त छिन् । सलमान खान स्टारर फिल्ममा इमरान हासमी भिलेन चरित्रमा देखिँदैछन् । रसियामा यो फिल्मको सुटिङ भइरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ११ : ४५ बजे

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर