प्रहरी नियामावली संशोधनको प्रस्ताव अन्तिम चरणमा | Khabarhub Khabarhub

प्रहरी नियामावली संशोधनको प्रस्ताव अन्तिम चरणमा


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ संशोधनको प्रस्तावका अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास गर्ने र मनोबल उच्च राख्ने उद्देश्यका साथ संशोधनको प्रस्ताव गरिएको हो । संशोधनको प्रस्ताव गृह, अर्थ र कानुन मन्त्रालय हुँदै पुनः गृह मन्त्रालयमा पुगेको छ ।

एसएसपी कुँवरले भने, ‘हामीले अहिले तयार गरेको संशोधन प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि बढी लाभदायिक हुने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार संशोधन प्रस्तावले प्रहरीको तल्लो तहको दर्जा ‘फलोअर्स’ देखि प्रहरी नायव निरीक्षक (सई) सम्मलाई सम्बोधन गरेको छ ।

के छ संशोधनमा ?

प्रहरी प्रधान कार्यालयले तयार पारेको संशोधन प्रस्ताव अनुसार सङ्गठनमा कार्यरत कार्यालय सहयोगी एवं फलोअर्सलगायत श्रेणीविहीनलाई एकतहदेखि चौथोतहसम्म पदोन्नतिको व्यवस्था गरेको छ । चौथो तहको कार्यालय सहयोगी एवं फलोअर्सले निजामती सेवाको नायव सुब्बासरहको तलब तथा सुविधा पाउनेछन् ।

त्यसैगरी प्रहरी हवल्दार दर्जालाई पनि वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार गरी तीन तहमा विभाजन गर्ने प्रस्ताव छ । प्रस्तावअनुसार वरिष्ठमा एक हजार पाँचसय, हवल्दारमा पाँचहजार र सहायकमा १५ हजार दरबन्दी रहने व्यवस्था राखिएको छ । एसएसपी कुँवरका अनुसार तीन तहकै हबल्दारहरूको छुट्टा छुट्टै फुली हुनेछ ।

संशोधन प्रस्तावअनुसार वरिष्ठ हबल्दारलाई एउटा रेखाले छुट्याएको तीन धर्का, हवल्दारलाई तीन धर्का र सहायकलाई एकधर्का अंकित बिल्ला हुनेछ । त्यसै गरी वरिष्ठ हवल्दारको कमान्डमा नौजना, हवल्दारको कमान्डमा सात जना र सहायक हवल्दारको कमान्डमा चारजना खटिने प्रस्ताव गरिएको छ ।

प्रस्तावमा प्रहरी नायव निरीक्षक (सई) दर्जालाई दुई श्रेणीमा विभाजन गरी वरिष्ठ नायव निरीक्षक र नायव निरीक्षक बनाइएको छ । वरिष्ठ नायव निरीक्षकहरूले निजामती सेवा अन्तरगत तृतीय श्रेणी अधिकृतसरहको सेवा सुविधा पाउनेछन् ।

एसएसपी कुँवरका अनुसार प्रस्तावमा प्रहरी वरिष्ठ नायव निरीक्षक तहको लागि तीन तारा, नायव निरीक्षकको दुई तारा र सहायक निरीक्षकको एक तारा रहेको ‘फूली’ को व्यवस्था गरिएको छ ।

यसबाहेक प्रस्तावमा नेपाल प्रहरीको फलोअर्सदेखि प्रहरी नायव उपरीक्षक डीएसपी तहसम्मका लागि एउटै पदमा आठ वर्षसम्म सेवा गरी अवकास लिनुभन्दा एक महिनाअघि एक तह पदोन्नति गरी दज्र्यानी चिह्न समेत लगाएर बिदा गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । अवकाश लिँदा पदोन्नति भएको दर्जाको सुविधा प्राप्त हुनेछ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : ११ बजे

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त