सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउने | Khabarhub Khabarhub

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउने


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्नेछ ।

बैठकले न्यूनतम साझा कार्यक्रम र  सरकार संचालन कार्यविधि तय गर्ने कांग्रेस महामन्त्रीसमेत रहेका कार्यदल सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए ।

कार्यदलले साझा कार्यक्रम तयार गरेर शीर्ष नेतालाई हस्तान्तरण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी छ । आज न्यूनतम कार्यक्रममा सहमति जुटे बुधबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने नेताहरुले बताएका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वमा असार २९ गते सरकार गठन भए पनि मन्त्रिपरिषद् विस्तार नभएको भन्दै आलोचना हुन थालेको छ । हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन् । महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : २५ बजे

सहकारी प्रकरण : कार्यदलको बैठक जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

लमजुङ– सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन २२० केभी

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लण्डनको एक अदालतले राहत दिएको

लिभरपुलको प्रशिक्षकमा आर्ने स्लट नियुक्त

काठमाडौं– लिभरपुलको  प्रशिक्षकमा नेदरल्याण्डका आर्ने स्लट नियुक्त भएका छन् ।

इजरायलले रफाहमा तिब्र सैन्य कारबाही गर्ने

काठमाडौं– इजरायलले आफ्नो सेना रफाहमा कारबाहीको दायरा थप विस्तार गर्न