चिन्ता र तनावले निम्त्याउने ११ जोखिम | Khabarhub Khabarhub

चिन्ता र तनावले निम्त्याउने ११ जोखिम


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिन्ता, तनाव यि दुबैले मानिसलाई सताउन थालेपछि मानिस बिना कारण रोगी बन्न पुग्दछ । नेपालीमा उखान पनि छ, चिन्ताले चितामा पुर्याउँछ । त्यसैले आफैमा रोग नभए पनि चिन्ताले धेरैं शारीरिक तथा मानसिक रोगलाई जन्माउँछ । चिन्ता वा तनावले निम्त्याउने समस्याहरु निम्न छन् :

१. मधुमेह, उच्च रक्तचाप
यदि चिन्ता र तनाव कम भएन वा समयमै उपचार भएन भने डिप्रेसनका साथै अन्य कडा खालका मानसिक रोग हुनसक्छ । चिन्ता र तनाव लिने व्यक्तिमा क्यान्सर, फोक्सोसम्बन्धी रोग, लिभर सिरोसिस, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ ।

२. कमजोर यौन जीवन
तनाव र चिन्ताले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज पारिदिन्छ । जसले व्यक्तिमा यौनप्रति इच्छा कम हुँदै जान्छ । चिन्ता लिने व्यक्तिको शरीरमा सेक्स हर्मोन टेस्टोस्टेरोनको मात्रा कम हुदैँ जान्छ ।

३. कपाल झर्न थाल्छ
अहिले उमेरले ३० नकट्दै अधिकाशं युवामा कपाल झर्ने समस्या रहने गरेको छ । जसको प्रमुख कारक हो, चिन्ता । चिन्ता लिदाँ शरीरमा कोर्टिसोल नामक हर्मोन उत्सर्जन हुन्छ, जसले कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्दछ ।

४. दाँत बिग्रने
अनावश्यक रुपमा धेरै चिन्ता लिने वा तनावमा बस्नेहरुमा दाँत खिइने, गिजामा समस्या हुने लगायतका दाँत सम्बन्धी समस्या हुने गर्दछ ।

५. मुटु कमजोर हुन्छ
चिन्ता लिने व्यक्तिको मुटुको मांसपेशी कमजोर हुदैँ जान्छ । अर्थात स्टेस हर्मोनले मुटुको धड्कन बढाउनुका साथै नसा संकुचित पारेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउँछ । तसर्थ यस्ता व्यक्तिलाई हृदयाघात हुने जोखिम अन्य व्यक्तिलाई भन्दा बढी हुन्छ ।

६. मोटो बनाउँछ
चिन्ता लिने व्यक्तिहरु शरिरलाई चाहिनेभन्दा बढि खाना खाने गर्दछन् । उनिहरु जति खाए पनि अघाउँदैनन् । जसले गर्दा शरीर मोटो र अस्वभाविक बन्न पुग्दछ ।

७. उमेर अगावै बूढो
सधैँ चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषको विकास ढिलो हुन पुग्दछ । जसले व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुने जस्ता बुढ्यौलीका संकेत चिन्ता लिने व्यक्तिमा अरु भन्दा चाँडै देखा पर्दछ ।

८. रोगप्रतिरोधी क्षमतामा कमी
चिन्ता लिने व्यक्तिको शरीरमा रोगप्रतिरोधी क्षमता कम हुन्छ । यस्ता व्यक्तिमा रुघाखोकी, ज्वरोजस्ता रोग बारम्बार लागि रहन्छ ।

९. मष्तिकमा असर
चिन्ता लिने व्यक्तिहरुमा दिमागमा पनि हानी पुग्दछ । चिन्ताले मष्तिकमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ । परिणामतः व्यक्तिको स्मरणशक्ति घट्दछ ।

१०. शरीरमा विकार बढ्दछ
चिन्ता लिँदा शरिरमा बोसो र चिनीयुक्त खानाप्रति आशक्ति बढ्न जान्छ । जसले शरीरमा विकार निरन्तर सञ्चय हुन पुग्दछ । र शरीरमा रोगहरु थपिदै जान्छ ।

११. अत्यधिक जीउ दुख्छ
चिन्ता र तनाव लिइरहने व्यक्तिको हड्डीमा खनिजकोे मात्रा घट्न जान्छ । जसका कारण निरन्तर चिन्ता लिने व्यक्तिहरुमा अत्यधिक जीउ दुख्ने समस्या हुने गर्दछ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : ०६ बजे

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु