कोरोना संक्रमणको 'चेन ब्रेक' गर्न निषेधाज्ञामा थप कडाइ : प्रधानमन्त्री | Khabarhub Khabarhub

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञामा थप कडाइ : प्रधानमन्त्री


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञामा थप कडाइ गरिने भएको छ ।

आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जारी निषेधाज्ञा थप कडाइ गर्ने जानकारी दिएका हुन् ।

सम्बन्धनकै क्रममा प्रधानमन्त्री ओलीले सरकारले सबै प्रकारका सामुदायिक स्थलसहित होटललाई समेत क्वोन्टिनका रुपमा प्रयोग गर्ने समेत जानकारी दिए ।

उनले सार्वजनिक स्थललाई उचित प्रबन्ध गरेर क्वारेन्टिन बनाउने घोषणा गरेका हुन् ।

ओलीले भने,‘सबै प्रकारका सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगाएका संरचनाहरु प्रयोग गरेर सुविधायुक्त क्वारेन्टिन आइशोलेसन केन्द्र बनाइनेछ ।’

उनले अस्पतालबाहेक अन्यत्र अक्सिजनको आपुर्ति बन्द गर्ने र निर्यात गर्नेलाई कानूनी कारबाही गर्ने घोषणा समेत गरे ।

प्रधानमन्त्री ओलीले ठूला अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने बताए। उनले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिने जानकारी दिए।

ओलीले सबै अस्पतालमा अक्सिजनको स्टक राखिने बताउँदै यसमा कालोबजारी गर्ने वा लुकाउनेलाई कडा कारबाही हुने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि जारी निषेधाज्ञामा थप कडाइ गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : २७ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको