पेन्ट डिलर्स एसोशियसनमा पुरानै कार्यसमितिको थपियो एक कार्यकाल | Khabarhub Khabarhub

पेन्ट डिलर्स एसोशियसनमा पुरानै कार्यसमितिको थपियो एक कार्यकाल


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पुरानै कार्यसमितिलाई थप एक कार्यकाल निरन्तरता दिने निर्णय गर्दै पेन्ट डिलर्स एसोशियसन (पिडिए) को ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौंमा शनिबार सम्पन्न साधारणसभाले पुरानै कार्यसमितिलाई थप एक कार्यकाल निरन्तरता दिने निर्णय गरेको हो । यो निर्णयसँगै अध्यक्ष रामचन्द्र खत्री नेतृत्वको कार्यसमितिले थप तीन वर्ष एसोशियसनको कार्यभार सम्हाल्ने छ ।

सभाले बहुमत सदस्यको सहमतिमा पुरानै कार्यसमितिलाई थप एक कार्यकाल निरन्तरता दिने निर्णय गरेको हो ।

कोभिड – १९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यही कार्यसमितिलाई निरन्तरता दिने निर्णय सभा समक्ष प्रस्तुत गरिएको थियो । उक्त निर्णयलाई सभामा उपस्थित बहुमत सदस्यहरूको सहमतिका आधारमा पुरानै कार्यसमितिलाई थप एक कार्यकाल निरन्तरता दिने निर्णय भएको हो ।

वर्तमान कार्यसमितिको कार्यकाल २०७८ साल जेठ ४ गते सकिदैँ छ । नयाँ कार्यकालका लागि निरन्तरता पाएको कार्यसमितिले आगामी जेठ ५ गतेदेखि कार्यभार सम्हाल्ने छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १० : १५ बजे

कक्षा १२ को परीक्षा (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा