भारतीय सामानको उपयोग गर्न प्रधानमन्त्री मोदीको आग्रह | Khabarhub Khabarhub

भारतीय सामानको उपयोग गर्न प्रधानमन्त्री मोदीको आग्रह


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले आत्मनिर्भर भारतका लागि पहल गर्न आह्वान गरेका छन् ।

प्रधानमन्त्री मोदीले आत्मनिर्भरता भारतीय सरकारको नीति मात्र नभई राष्ट्रिय भावना रहेको बताउँदै सम्पूर्ण देशवासीले गर्व गर्नसक्ने बिषय बन्ने भन्दै यो केवल आर्थिक अभियान मात्र नभएर राष्ट्रिय भावना पनि भएको बताए ।

मोदीले आफ्नो मासिक रेडियो सम्बोधनका क्रममा भारतले लडाकू विमानको निमार्णदेखि भ्याक्सिन उत्पादनसम्मको उपलब्धिहरूको उल्लेख गरेका थिए।

प्रधानमन्त्री मोदीले आफ्नो आत्मनिर्भर भारतको अभियानको निरन्तरता रहने भन्दै आम नागरिकले पनि भारतीय उत्पालनमा जोड दिनुपर्ने बताए ।

उनले क्याच द रेन अभियानको घोषणा गर्दै भारतीय नागरिकहरुलाई वर्षायामको १०० दिनसम्म पानीको संरक्षण गर्न आह्वान पनि गरे ।

उनले वर्षाको पानी संकलन प्रणालीको मर्मत गर्ने, गाउँहरूमा ताल र पोखरी सफा गर्ने, पानीको स्रोतका अवरोधहरू हटाउने, अधिकतम वर्षाको पानी संरक्षण गर्न सक्षम हुने जस्ता उपलब्धी हासील गर्नु क्याच द रेन अभियानको लक्ष्य रहेको बताए ।

–हिन्दुस्तान टाइम्सबाट

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : १४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम