अञ्जु दाहालको न्यायको माग गर्दै जावलाखेलमा प्रदर्शन | Khabarhub Khabarhub

अञ्जु दाहालको न्यायको माग गर्दै जावलाखेलमा प्रदर्शन


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालकको लापरवाहीका कारण जीपको ठक्करबाट आफ्ना सहपाठीको मृत्यु भएको भन्दै बिद्यार्थीहरुले बुधबार ललितपुरको जावलाखेलमा प्रदर्शन गरेका छन् ।

एकान्तकुनाको आकाशे पुल नजिकै सडक पार गर्ने क्रममा ठक्कर दिएपछि गाडीले ब्याक गरेर सहकर्मीको ज्यान लिएको भन्दै कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले जावलाखेलमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

बुधबार बिहान स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट कोटेश्वर क्याम्पसमा अध्ययनरत १९ वर्षकी अन्जु दाहालको मृत्यु भएको थियो । न्यायको माग गर्दैै जावलाखेल चोकमा सडकै छेकेर विरोध गर्नु परेको बिद्यार्थीहरुले बताएका छन् ।

दाहाल सिन्धुपाल्चोक घर भई ललितपुरको बागडोलमा डेरामा बस्दै आएकी थिइन् । घटनापछि जिप चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : २२ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा