साउदी अरब र यूएईमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ | Khabarhub Khabarhub

साउदी अरब र यूएईमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपाली श्रमिकको श्रम गन्तब्य रहेको साउदी अरेबिया र युएईमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । साउदी अरेबियाले एक जनामा ओमिक्रोन संक्रमणको पुष्टि भएको जनाउदै ती व्यक्तिलाई अलग गरेको जनाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार रियादमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल-अब्देल अलीले उत्तर अफ्रिकी देशबाट फर्किएका एक साउदी नागरिकमा कोभिड-१९ को ओमिक्रोन संस्करण पोजेटिभ देखिएको जानकारी दिए ।

अहिले ती व्यक्तिलाई छुट्टै आइसोलेसनमा राखिएको र उनीसँग सम्पर्कमा रहेकाहरूलाई अलग्गै राखि सबै रोकथाम उपायहरू पालना गर्न अनुरोध गरिएको प्रवक्ता डा. अल-अब्देललाई उद्रित गर्दै स्थानीय संचारमाध्यमले जनाएको छ ।

यसैगरी युएईमा पनि एक जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार अफ्रिकी राष्ट्रबाट आएको एक व्यक्तिमा नयाँ भेरियन्टको ओमिक्रोन पुष्टी भएको जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १० : ०८ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई