अफगानिस्तानमा भोकमरी, बाबुआमाले ५ सय डलरमा बेचे नाबालक छोरी | Khabarhub Khabarhub

अफगानिस्तानमा भोकमरी, बाबुआमाले ५ सय डलरमा बेचे नाबालक छोरी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा चरम भोकमरी भएको छ । तालिबानले अफगानिस्तानको सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय सहयोग बन्द भएको छ । अन्तर्राष्ट्रिय सहयोग बन्द भएको र विभिन्न विदेशी बैंकमा रहेको अफगानिस्तानको सम्पत्ति रोक्का भएका कारण त्यहाँ चरम आर्थिक संकटसमेत निम्तिएको छ ।

बीबीसीले एक भिडियो रिपोर्ट प्रशारण गर्दै आर्थिक अभावकै कारण एक दम्पत्तिले आफ्नी नाबालक छोरी बेचेको जनाएको छ । बीबीसीसँग ती बालिकाकी आमाले पैसाको अभाव भएपछि आफ्नी छोरी बेचेको बताएकी छन् । पहिचान लुकाइएका उनीहरुले छोरी बेच्नु बाध्यता भएको बताएका छन् ।

ती बालिकालाई खरिद गर्ने व्यक्तिले भविष्यमा आफ्ना छोरासँग बिहे गर्ने बताएका छन् । तर बालिकाका बाबुले छोरीको भविष्यबारे अहिले केही भन्न नसकिने बताएका छन् ।

बीबीसीले अफगानिस्तानको हेरत प्रान्तको एक अस्पतालको दर्दनाक भिडियोसमेत प्रशारण गरेको छ । सो अस्पतालमा कुपोषण भएका सयौँ बालबालिका भर्ना गरिएका छन् । सो अस्पतालका चिकित्सक तथा नर्सहरुले विगत ४ महिनादेखि तलब नपाएको जनाइएको छ । अफगानिस्तानको स्वास्थ्य संरचना ध्वस्त भएको छ । एजेन्सी

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : ३३ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित