पुनीतका आँखा चारजनामा 'ट्रान्सप्लान्ट' | Khabarhub Khabarhub

पुनीतका आँखा चारजनामा ‘ट्रान्सप्लान्ट’


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– गत अक्टोबर १९ मा हृदयघातबाट निधन भएका कन्नड सुपरस्टार पुनीत राजकुमारको आँखा चार बिरारीमा ट्रान्सप्लान्ट गरिएको छ । जिम गर्दा हृदयघात भएका यी अभिनेताको आँखा नारायण नेत्रालयले तीन पुरुष र एक महिला बिरामीमा ट्रान्सप्लान्ट गरेको हो ।

यद्यपि अस्पतालले नियमको कारण देखाउदै विस्तृत जानकारी दिन अस्वीकार गरेको छ । ‘हामी पावर स्टार पुनीत राजकुमारको नेत्रदानको फैसलाप्रति आभारी छौं । रोचक कुरा त यो छ कि हामीले पुनीतको आँखाको प्रयोग दुई व्यक्तिको ज्योति फर्काउन गरेका छौं’, नारायण नेत्रालयका अध्यक्ष तथा प्रबन्ध निर्देशक के. भुजंगशेट्टीले भनेका छन् ।

आम रुपमा एक मृतक व्यक्तिको दुई कोर्नियाबाट दुई नेत्रहिन रोगीहरुले ज्योति पाउछन् । तर पुनीतको मामलामा चार व्यक्तिले यसको लाभ लिएका छन् ।

नयाँ प्रविधिको प्रयोग गर्दै डाक्टरको टिमले पुनीतको आँखाको दुई कार्नियाजलाई चार हिस्सामा बाँडेर चार बिरामीमा ट्रान्सप्लान्ट गरेका हुन् ।

पुनीको निधनपछि कर्नाटक सरकारले कर्नाटकभर हाई अलर्ट घोषणा गरेको थियो । उनको निधनको शोकमा कैयौं फ्यानले आत्महत्यासमेत गरेका थिए । उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : ०१ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा