सत्तामा पुग्न आत्मसमर्पणवादी प्रवृत्तिले मुलुकको हित गर्दैन : अध्यक्ष थापा | Khabarhub Khabarhub

सत्तामा पुग्न आत्मसमर्पणवादी प्रवृत्तिले मुलुकको हित गर्दैन : अध्यक्ष थापा


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्क विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी मानसिकता र प्रवृत्तिले मुकुकको हित नगर्ने बताएका छन् ।

आज मकवानपुरको बकैया गाउँ पालिका-३ हात्तिसुढेमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटि दिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउछ भन्ने आशा गर्न नसकिने बताए ।

उनले भने थापाले भने, ‘जयसिंह धामीलाई सरकारले न्याय दिनुपर्छ ।’

उनले धर्म,सस्कृती र पहिचान समाप्त पारेर समृद्धिको चाहना सम्भव नहुने भन्दै थापाले राष्ट्रियता , स्वाधिनता सङ्गै धर्म ,सस्कृती पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुपर्ने औल्याए।

लोभ, लालच र भ्रमको राजनीति टिकाउ नहुने भन्दै थापाले कुप्रचार र षड्यन्त्र चिरेर उच्च मनोबलसहित स्थानीय तहको निर्वाचनको तयारी सहित अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा राप्रपाका नेताहरु राजाराम बर्तौला, गुरु प्रसाद सापकोटा ,सागर थापा, बद्री कुँवर ,दामोदर वाग्ले, प्रेमलाल श्रेष्ठ ,अर्जुन तिमल्सिना ,भरत लामिछाने , राजाराम अर्याल, भृगु कार्की लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ९ : ०६ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही