भाडा बढाउन माग राख्दै यातायात व्यवसायी आन्दोलित (भिडियो) | Khabarhub Khabarhub

भाडा बढाउन माग राख्दै यातायात व्यवसायी आन्दोलित (भिडियो)


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भाडा समायोजन र सार्वजनिक सवारी साधन सञ्चालनको पूर्वाधार निर्माण गर्नुपर्नेलगायतका माग राख्दै यातायात व्यवसायीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायातको भाडा एवं ट्याक्सीको सुरुआती कल समायोजन, २० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुटलगायतका माग अघि सार्दै दोस्रो चरणको आन्दोलन गरेको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले पहिलो चरणको आन्दोलनमा आफुहरुले पटक पटक मागका बारेमा सरकारको ध्यानाकर्षण गराए पनि नसुनेपछि बाध्य भएर दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए । उनले बिभिन्न निकायमा पुनः आफ्ना मागहरुको बारेमा जानकारी पत्र बुझाएर दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए ।

भाडा समायोजन गर्दा बैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको तथा यातायात मजदुरले अझै पनि सहज रुपमा कोरोना खोप पाउन नसकेको उनीहरुको गुनासो छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  २ : २५ बजे

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ

एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ– नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्

नोटमा चुच्चे नक्सा राख्दा टाउको दुखाइ किन ?

मन्त्रिपरिषद्को बैठकबाट सय रुपैयाँको नोटमा चुच्चे नक्सा हाल्ने निर्णय गरेपछि

सहकारी ठगीविरुद्ध तरुण दलले आज प्रदर्शन गर्ने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको

क्यान्सरको उपचारमा प्रभावकारी बन्दै रेडिएसन थेरापी

काठमाडौं – नेपालमा नसर्ने रोगको प्रकोप बढ्दो छ। नेपालमा हुने