करिब ५ करोड मूल्य बराबरको लागुऔषधसहित ९ जना पक्राउ | Khabarhub Khabarhub

करिब ५ करोड मूल्य बराबरको लागुऔषधसहित ९ जना पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- करिब ५ करोड मूल्य बराबरको लागुऔषधसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । १ के.जी. ५१२ ग्राम लागुऔषध कोकिन सहित प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लागुऔषध कोकिनको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले साउन ७ गते काठमाडौँको पकनाजोलको एक होटलेबाट चार जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुको साथबाट ५ सय ग्राम कोकिन बरामद गरेको थियो ।

त्यस्तै उनीमध्ये मन गुरुङको डेरा खानतलासी गर्दा २ किलो ४ सय ग्राम पहेँलो धातु समेत फेला पारेको थियो।

लागुऔषध नियन्त्रण ब्यूराको प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार त्यही घटनायता अनुसन्धान गर्दै जाँदा ९ जनालाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

ब्यूरोका अनुसार पक्राउ पर्नेमा चितवन स्थित भरतपूर महानगरपालिका –७ का ४५ वर्षीय सुरोज गुरुङ, काठमाण्डौं महानगरपालिका –३ की४३ वर्षीय अन्जु थापा मगर, ३९ वर्षीय मुना तामाङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीय रायल थापामगर, भारत दक्षिण गोवा नग्गारवडाका ३९ वर्षीय सन्दिप पटेल, धादिङ्, निलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाल, २७ वर्षीय मछिन्द्र धमला र काठमाडौं महानगरपालिका –२३ का ४९ वर्षीय सुदन शाक्य रहेका छन् ।

प्रहरीले उनिहरुका साथबाट १ के.जि. ५१२ ग्राम कोकिन, २५ ग्राम चरेश, ९ ग्राम गाँजा र नदग रु ७ लाख ८८ हजार समेत बरामद् गरेको छ । बरामद लागुऔषधको अबैध बजार मुल्य ४ करोड ५३ लाख ६० हजार भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : ०१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम