दार्चुला घटनाको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन | Khabarhub Khabarhub

दार्चुला घटनाको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दार्चुला घटनाको विरोधमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपालस्थित भारतीय दूतावास अघि प्रदर्शन गरेको छ ।

दार्चुलामा तुइनबाट महाकाली नदी तर्ने क्रममा नेपाली युवक जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौँस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । दार्चुला घटनालाई संगठनले ‘भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन’को संज्ञा दिएको छ ।

उनीहरुले उक्त घटनाको छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् । अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले नेपाल र नेपालीमाथि तथा राष्ट्रियतामाथिको ज्यादती सैह्य नहुने भन्दै विरोध गरिएको बताए । भारतीय पक्षबाट नेपालीमाथि हुने गरेको जघन्य अपराधमा नेपाल सरकार मौन हुनु दु:खद रहेको उनको भनाइ छ ।

संगठनले नेपाल भारतबीचको असमान सन्धी सम्झौता पनि खारेज हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  २ : ५९ बजे

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख