चीनसँग कोरोना खोप खरिदको सम्झौता, असार २४ देखि आपूर्ति हुने « Khabarhub

चीनसँग कोरोना खोप खरिदको सम्झौता, असार २४ देखि आपूर्ति हुने


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको भेरोसेल खोप खरिदको सम्झौता गरेको छ ।सम्झौताअनुसार असार २४ गतेबाट खोप आपूर्ति हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोपार्म कम्पनीसँग खोप खरिदको लागि भएको सम्झौता अनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति शुरु भइ तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ ।’

यस्तो छ पत्र

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ ।

सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको बताए । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ ।

महाप्रबन्धक पौडेलले भने, “चीनबाट खोप ल्याउन निगमलाई सरकारको निर्देशन भएबमोजिम तयारी गरिएको छ, खोपको डोज तथा उक्त खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन हामीले आफ्नो तयारी थालिसकेका छौँ ।”

पहिलो उडानमा १० लाख डोज खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : ३० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान