बढी भाडा लिएर यात्रुलाई ठगेको आरोपमा ८ जना पक्राउ | Khabarhub Khabarhub

बढी भाडा लिएर यात्रुलाई ठगेको आरोपमा ८ जना पक्राउ


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिई ठगी गर्ने ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु टिकट काउण्टरका कर्मचारीदेखि निजी सवारी साधनका चालकसमेत छन् ।

हवाई यातायात समेत सुचारु भएसँगै उपत्यका बाहिरिने/भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ । वैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्लाहरु जाने अधिकांश यात्रुहरु सवारी साधनबाट ठगिन सक्ने हुनाले ट्राफिक प्रहरीले विशेष सक्रियता देखाउदै आएको छ ।

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र१-०१-००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ बर्षे पुण्य प्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ बर्षे सन्त बहादुर कुमाल र मे१ज२९९३ नम्बरको बोलेरो जीप चालक ईलाम घर भएका बर्ष २६ का खेम बहादुर पाँचकोटीलाई यात्रुसँग बढि भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरी कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ ।

त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने बर्ष ४६ को राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियोसहित प्रयोजन बिपरीत भाडामा यात्रु बोकेको अवस्थामा नियन्त्रणामा लिएको हो भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ बर्षे संजय खड्कालाई समेत यात्रुसँग बढि भाडा लिदै गरेको अवस्थामा नियन्त्रणमा लिइ प्रहरी बृत्त सातदोबाटोमा बुझाएको छ ।

अन्य पक्राउ पर्नेहरुमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ बर्षिय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका बर्ष३९ को हरेन्द्र बुढाथोकी रहेका छन । पक्राउ परेका सवै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्तहरुमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले निरन्तर अनुगमन एवं गोप्य निगरानी गरिरहेको र तोकिएको भन्दा बढी भाडा लिएमा वा निजी गाडीले भाडामा यात्रु ओसारपसार गरेको पाइए नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिने समेत एसएसपी जनक भट्टराईले बताए । ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १२ : १५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम