मापदण्डअनुसार बाटो नुहुँदा जलमग्न बन्यो गैंडाकोट | Khabarhub Khabarhub

मापदण्डअनुसार बाटो नुहुँदा जलमग्न बन्यो गैंडाकोट



नवलपुर– नवलपरासीपूर्वको गैंडाकोट नगरपालिकामा मुख्य बजार क्षेत्रमा पानीको निकास नहुँदा यो वर्ष पनि जलमग्न भएको छ ।

गत वर्षको वर्षामा पनि गैंडाकोट नगरपालिकाको राजमार्ग आसपासको मुख्य बजार क्षेत्र डुबानमा परेको थियो । पानीको निकास नहुँदा गत वर्ष हप्तौंसम्म गैंडाकोटमा डुबानमा परेको थियो ।

बुटवल–नारायणघाट सडक खण्डको सडक विस्तारका लागि निर्माणाधिन बाटोमै खनेर हप्तौंपछि पानीको निकास गरिएको थियो । नगरपालिकाका जनप्रतिनिधिहरुले यो समस्या तत्कालै समाधान हुने बताए पनि दीर्घकालिन योजना बन्न नसक्दा यो वर्ष पनि समस्या उस्तै देखिएको छ ।

बुधबारदेखि परेको वर्षाले गैंडाकोट नगरपालिकाको वडा नम्बर २, वडा नम्बर ४ झपर्दी क्षेत्र, वडा नम्बर ९ को राजमार्गको उत्तरतर्फको क्षेत्र पानीले तालाताल छ ।

यस्तै, गैंडाकोट नगरपालिकाको वडा नम्बर ५, ६ र ७ का केही स्थानहरुमा पानीले निकास नपाउँदा जलमग्न भएको छ ।

नगरपालिकाको मापदण्डअनुसार बाटो तथा नाली निर्माणको काम नगरिँदा वर्षेनि समस्या बन्दै गएको छ । ठाउँ ठाउँमा बनाइएका प्लटिङमा मापदण्डअनुसारका बाटो र ढल निकास तथा नाली निर्माणको काम हुन सकेको छैन ।

नारायणी नदी किनारमै जिल्लाको पुरानो नगरपालिका भएर पनि ब्यवस्थित हुन नसक्दा समस्या देखिएको छ । नगरपालिका क्षेत्रमा कालोपत्रे गरिँदा मापदण्ड पुग्न नसकेकै कारण पनि वर्षेनि पानीले निकास पाउन सकेको छैन ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : १५ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि