कुवेतमा अबैध मदिरासहित तीन नेपाली पक्राउ | Khabarhub Khabarhub

कुवेतमा अबैध मदिरासहित तीन नेपाली पक्राउ


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने तीन नेपाली पक्राउ परेका छन् ।

कुवेतको जहारा गभरनेट भित्र पर्ने ताईमा सुरक्षा क्षेत्रका कमांडर-कर्नल मतार साबिल, तथा गस्ती विभाग प्रमुख मुबारक अल-हाज्राफसहितको टोलिले एउटा अपार्टमेन्टमा छापा मार्दा ठूलो मात्रामा घरेलु मदिरासहित उनीहरुलाई पक्राउ गरिएको हो ।

सो क्रममा ठूलो परिमाणमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिराका बोतलहरु तथा मदिरा उत्पादन गर्ने उपकरण समेत बरामद गरिएको कुवेत प्रहरीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

प्रहरीले बिशेष सुराकीको आधारमा अबैध तरिकाले घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण भैरहेको सूचना पाएपछि उक्त स्थानमा छापा मारेको थियो । जसमा दुई पुरुष र एक जना महिलासहित तीन नेपाली पक्राउ परेको जनाएको छ ।

पक्राउ गरिएका तीनै जनालाई थप अनुसाधानको लागि ड्रग्स तथा मदिरा नियन्त्रण कार्यलयको सम्बधित विभागमा पठाइएको जनाएको छ । यसअघि पनि विभिन्न समयमा घरेलु मदिरा कारोबार गर्ने ठूलो सङ्ख्या पक्राउ परिसकेका छन् ।

यस्तो क्रियाकलाप अधिकाम्स अबैधानिक तरिकाले बसेका नेपालीहरु बढी सग्लंग रहेको पाइछ । यसरी पक्राउ गरिएकाहरुलाई कुवेत सरकारले डिपोट गर्ने गरेको छ । कुवेतमा मदिरा बिक्री वितरण अबैधानिक मानिन्छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ११ : २० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड