इम्यूनिटी बलियो बनाउन खानुहोस् यी फलफूलहरू | Khabarhub Khabarhub

इम्यूनिटी बलियो बनाउन खानुहोस् यी फलफूलहरू



आज विश्व कोभिड–१९ को महामारीबाट आक्रान्त छ । लाखौँ मानिसको ज्यान गएको छ भने करोडौँ संक्रमित भएका छन् ।

यो रोगलाई विश्व मानव समुदायले के कसरी नियन्त्रणमा लिनेछ भन्ने प्रश्न अनुत्तरित नै छ । तर, जसको प्रतिरक्षा प्रणाली शसक्त छ उसलाई यो रोगले त्यति धेरै ग्रसित बनाउन सक्दैन र हत्तपत्त ज्यान गई हाल्दैन ।

यसको ठिक विपरित प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूलाई यो रोगले ज्यादा भन्दा ज्यादा ग्रस्त पार्ने एवं ज्यानै पनि जान सक्ने सम्भावना रहन्छ । यसर्थ प्रतिरक्षा प्रणालीलाई मजबुत पार्नुको विकल्प छैन ।

प्रतिरक्षा प्रणाली भोजन, ब्यायाम र विश्राम, विचार एवं व्यवहारको सन्तुलीत एवं समुचित उपयोगले सवल बन्दछ । प्रतिरक्षा प्रणाली सबल भएको खण्डमा कोरोना भाईरस रोगलाई समेत सजिलै जित्न सकिन्छ ।  यो रोग लागेकाले वा लाग्न सक्ने सम्भावना बोकेकाहरूले निम्न लिखित खानेकुराहरू खाए लाभकारी मानिन्छ ।

१. अमलाः अमला सबल प्रतिरक्षा प्रणालीको लागि अत्यन्त लाभदायक फल हो । अमलाको नियमित सेवनले शरीरमा भिटामिन, मिनरल्स, फाईबर र एण्टिअक्सिडेण्टको भरपुर मात्रामा आपूर्ती गर्दछ । अमलामा प्रतिरक्षा प्रणालीको लागि अति आवश्यक भिटामीन सी पाईन्छ । यसै गरि सेलेनियम, क्रोमियम, तामा, जिङ्क जूस्ता थुप्रै ईम्यूनीटि बलीयो पार्ने खनिज पदार्थ पनि पाईन्छ ।

२. स्याऊः स्याउलाई फलहरूको राजा त्यसै भनेको होइन । स्याऊमा अनेकौँ प्रकारका सूक्ष्म पोषक तत्वहरू छन् । भिटामिन ए, बी, सी का अलावा स्याऊमा घुलनशील रेशा एवं एण्टिअक्सिडेण्टहरू पनि पाईन्छ। स्याऊमा पाईने पेक्टिन नामक घुलनशील रेशाले पेटमा विद्यमान राम्रा ब्याक्टिेरियाहरूलाई पोषण प्रदान गर्दछ जसले पेटमा हुने संक्रमणसंग लड्न एवं प्रतिरक्षा प्रणालीको कोषहरूको कार्य कुशलतामा मद्दत पुर्‍याउदछ।

३. आँपः आँप पनि प्रतिरक्षा प्रणालीको लागि अत्यन्त लाभदायक खानेकुरा हो । आँपमा प्रतिरक्षा प्रणालीको सबलिकरणका लागि चाहिने भिटामिन सी, भिटामिन ई, बिटा–क्यारेटिन, पोटासियम, भिटामिन डी, भिटामिन बी कम्प्लेक्सेस पनि पाईन्छ। आँपको सेवनले तुरून्त शक्ति पनि दिन्छ।

४. भूईकटहरः भूईकटहर पनि धेरैवटा पोषक तत्वहरूले भरपुर भएको फल हो । यसमा प्रशस्त मात्रामा क्यालोरी,कार्बोहाईड्रेट्स, चिल्लो प्रोटिन र खाद्यरेशा पाईन्छ । यसैगरि भिटामिन बी कम्प्लेक्सेस, भिटामीन सी र म्यागनीज, तामा, सोडियम, पोटासियम, म्याग्नेसियमजस्ता खनिज तत्वहरू पनि पाईन्छ । यी सबै पोषक तत्वहरूले प्रतिरक्षा प्रणालीलाई सबल बनाउन मद्दत गर्दछ। भूईकटहरको गुभोमा ब्रोमेलिन नामक घाउ खटिरा ठिक पार्ने र प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्ने तत्व पाईन्छ।

५. अमिला फलफूलः कागती, अमला, मौषमी, जुनार, भोगटे, निबुवा, बिमीरो र सुन्तला जस्ता अमिला फलफूलमा प्रचूर मात्रामा भिटामिन सी पाईन्छ । भिटामिन सी प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादनका लागि आवश्यक यौगिक हो । रूघामर्की, सर्दी, चिसोको एलर्जी, झाडापखाला, निमोनिया, औलो ज्वरो जस्ता रोगहरूलाई चाडो ठिक गर्न पनि भिटामीन सी ले महत्वपूर्ण भूमिका खेल्दछ ।

६. मेवाः मेवा भिटामिन सी र भिटामिन ए ले भरपुर फलफूल हो । एउटा मध्यम आकारको मेवामा हाम्रो शरीरलाई दैनिक चाहिने भन्दा डेढ गुणा ज्यादा भिटामिन सी पाईन्छ । भिटामिनका अलावा मेवामा माछामासुमा पाईने कठिन प्रोटिनलाई पचाउन सक्ने प्यापिन नामक ईन्जाइम पनि पाईन्छ । यसका अलावा मेवामा पोटासियम, भिटामिन ए, भिटामिन बी कम्प्लेक्सेस र फोलिक अम्ल पनि पाईन्छ । यी सबै भिटामिन, खनिज, लवण एवं एण्टीअक्सीडेण्टले प्रतिरक्षा प्रणालीलाई सबल एवं मजबुत बनाउन एवं भाइरस संक्रकणलाई निस्तेज गर्न मद्दत गर्दछ ।

७. किबीः किबी पनि प्रतिरक्षा प्रणाली सबल बनाउने फल हो । यसमा पनि प्रसस्त मात्रामा भिटामिन सी, भिटामिन बी र भिटामिन के पाईन्छ । यसैगरि यसमा पाईने एण्टिअक्सिडेण्ट मिनरल्स र अन्य फाईटोकेमिकल्सले पनि ईम्यूनीटिलाई ससक्त बनाउदछ ।

८. पालुङ्गोः पालुङ्गो हरेक भान्सको चाहना हो । प्रचूर मात्रामा भिटामिन ए, बी कम्प्लेक्सेस, सी, आईरन, म्याग्निसियम, पोटासियम जस्ता खनिज एवं लवणहरूले भरपूर पालुङ्गो एण्टिअक्सिडेण्टको राम्रो स्रोत पनि हो । यी द्रब्यहरूले प्रतिरक्षा प्रणालीका कोषहरूलाई सक्रिय बनाउन मद्दत गर्दछ । ब्रोकाउली जस्तै पालुङ्गोमा भएका द्रव्यहरू पनि तापले नष्ट हुने खालका भएकाले यसलाई पकाउँदा कम तापमा पकाउनु पर्ने हुन्छ ।

९. रातो भेडे खोर्सानीः हामी सबैले अमिला फलफूललाइ भिटामिन सी को राम्रो श्रोतको रूपमा बुझेका छौ तर अमिला फलफूलभन्दा रातो भेडेखोर्सानीमा भिटामिन सी को मात्रा दोब्बर हुन्छ भन्ने तथ्य धेरैलाई थाह नहुन सक्छ । भिटामिन सी का अतिरिक्त रातो भेडेखोर्सानी बीटा क्यारोटीन, क्यालसियम, म्याग्नेसियम, भिटामीन बी कम्प्लेक्सेसको पनि राम्रो स्रोत हो । यी द्रव्यहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत गर्न मद्यत गर्दछ ।

१०. ब्रोकाउलीः ब्रोकाउली भिटामिन ए, बी, सी, ई एण्टिअक्सिडेण्ट, रेशा एवं चोकर र खनिज एवं लवणहरूले भरपूर तरकारी हो । ब्रोकाउलीमा प्रचूर मात्रामा (१०० ग्राममा ८९ मि.ग्रा.) भिटामिन सी पाईने हुदाँ यसले प्रतिरक्षा प्रणालीको विकाशमा महत्वपूर्ण भूमिका अदाँ गर्दछ ।

११. अङ्कुरित गेडागुडीः अङ्कुरित गेडागुडीलाई अमृत भोजन पनि भन्ने गरिन्छ । स्वास्थ्यलाई लाभ पुर्‍याउने अनेकौ तत्वहरू भएकै कारणले यसलाई अमृत समान मानेर अमृत भोजन भनिएको हो । अङ्कुरित गेडागुडीमा प्रसस्त मात्रामा एण्टि अक्सिडेण्ट पाईन्छ । एण्टिअक्सिडेण्टले भाइरस संक्रमण पश्चात क्षतिग्रस्त भएको कोषहरूको पुनर्निर्माण गर्ने गर्दछ । यसैगरि अङ्कुरित गेडागुडीमा नउम्रिएको गेडागुडी भन्दा धेरै मात्रामा प्रोटिन, फोलिक अम्ल, एमाईनो अम्ल, भिटामिन सि, भिटामिन के, म्याग्नेसियम, फस्फोरस, म्याग्निज जस्ता खनिज तत्वहरू पाईन्छन् । यी तत्वहरूको प्रयोगले कोरोना भाईरसको संक्रमण कम गर्न मद्दत गर्दछ।

१२. बदामः बदाम भिटामिन ई ले भरपुर द्रव्य हो । भिटामिन ई प्रतिरक्षा प्रणालीका लागि आवश्यक तत्व हो ।

१३. फर्सीको बियाँ:  फर्सी हाम्रो भान्साका लागि नौलो तरकारी हैन तर हामी मध्येले फर्सी खान जानेका छौ तर फर्सीको बियाँ खान जानेका छैनौ । वास्तवमा फर्सी भन्दा फर्सीको बियाँ कयौँ गुणा पौष्टिक छ । फर्सीको बियाँमा प्रचूर मात्रामा प्रोटीन, खनिज, लवण, एण्टिअक्सिडेण्ट, ओमेगा ६ याट्टी अम्ल, भिटामिन ई जीङ्क, कपर, म्याग्निस एवं म्यागनेसियम पाईन्छ । यी तत्वहरूले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउदछ ।

१४. जडिबुटी चियाः तुलसी चिया, रोजमेरी चिया, अर्जुन चिया, विजयसालको चिया वा हरियो चियाको सेवनले प्रतिरक्षा प्रणालीलाई सवल बनाउदछ । जडिबुटी चियामा प्रशस्त मात्रामा लेभेनोईडस पाईन्छ । लेभेनोईडसले एण्टि–अक्सिडेण्टको काम गर्दछ । यसका अलावा जडिबुटी चियामा एपि–ग्यालो–क्याटाचिन–ग्यालेट (EGCG) / L- Thianin) नामक द्रव्य पाईन्छ । यी दुबै  द्रब्यहरू प्रतिरक्षा प्रणालीलाई मजबुत गर्नका लागि आवश्यक तत्वहरू हुन ।

१५. अदुवाः घाटी दुख्दा, जोर्नी दुख्दा, घाउ खटिरा आउदा, प्रदाह एवं शोथ ग्रस्त हुदाँ अदुवाको प्रयोग सदियौँदेखि हुँदै आएको हो । अदुवामा जिन्जीरोल नामक यौगिक पाईन्छ । जिन्जीरोलले दीर्घकालिन पीडा कम गर्नुका साथै प्रदाह एवं शोथलाई पनि कम गर्न मद्दत गर्दछ । अनुशंधानहरूले दर्शाय अनुरूप अदुवाले अति सक्रिय प्रतिरक्षा प्रणालीलाई कम गर्न र निष्क्रिय प्रतिरक्षा प्रणालीलाई सक्रिय गर्ने काम गर्दछ ।

१६.लसूनः लसुनको औषधीय एवं रोग प्रतिरोधक गुणलाई महसुस गरेर नै हाम्रा पिता पुर्खाहरूले लसुनलाई औषधि एवं  मसलाको रूपमा युगौँदेखि प्रयोग गर्दै आएका हुन् । यस वनस्पतिलाई रोग प्रतिरोधक औषधिका रूपमा सबैले स्वीकारी सकेका छन् । रूघा मर्की लाग्दा, चिसोले सताउदा, पाचन क्षमतामा गडबडी हुदाँ लसूनको प्रयोग गर्ने गरेको पाईन्छ । यसरी औषधिय गुण हुनुमा लसुनमा विद्यमान क्याल्सियम, पोटासियम, एण्टी–अक्सिडेण्ट र सल्फर कम्पाउण्डहरू पाईन्छन । यी सल्फर कम्पाउण्डहरूले सुष्म जीवहरूको आक्रमणलाई निस्तेज गर्न महत्वपूर्ण भूमिका खेल्दछ तर यी कम्पाउण्डहरू तापको प्रयोगले नष्ट हुनेखालका भएकाले काचो लसूनको प्रयोग पकाएको भन्दा उत्तम हो। यसका अवावा लसूनले उच्चरक्तचाप कमगर्न, कालेस्टेरोल सन्तुलित राख्न एवं परजीवीहरू नष्ट गर्न मद्दत गर्दछ ।

१७. सहीजनः सहीजन पनि प्रतिरक्षा प्रणालीको सबलीकरणको लागि अत्यन्त महत्वपूर्ण फल हो । सहीजनमा ९० भन्दा ज्यादा बायो एक्टिभ तत्वहरू पाईन्छ । सम्पूर्ण पोषक तत्वहरूले भरिपूण भएकाले यसलाई प्राकृतिक मल्टिभिटामिन पनि भनिन्छ । प्रशस्त प्रोटिन, क्यलसियम, सेलेनियन, जिङ्क, तामा, क्रोमीयम जस्ता खनिज, धेरै प्रकारका एमाईनो एसिड, भिटामीन सी, आदिले प्रतिरक्षा प्रणालीलाई सबल बनाउँदछ ।

१८. सूठूनीः सूठूनीको सेवनले प्रतिरक्षा प्रणालीलाई सबल बनाउँदछ । यसमा प्रशस्त मात्रामा भिटामीन सी, भिटामिन बी कम्प्लेक्सेस, एन्थोसाईन्स आदि पाईन्छ । यसैगरि यस फलमा फाईबर र एण्टिअक्सिडेण्ट पाईन्छ।

लेखक भरतपुर महानगरपालिका १ वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ६ : २५ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको