एक राजा थिए, जसले स–साना गल्तीमा पनि फाँसीको सजाय दिन आदेश दिन्थे । तर उनको एउटा खुशी पनि थियो— फाँसी दिनुअघि मर्ने व्यक्तिलाई उसको अन्तिम इच्छा सोध्थे ।
एक पटक उनको मन्त्रीबाट गल्ती भयो । राजाले उसलाई पनि फाँसीको सजाय सुनाए । मन्त्रीको घरमा रुवाबासी चल्न थाल्यो । फाँसी दिने दिन राजाले मन्त्रीलाई उसको अन्तिम इच्छा सोधे ।
मन्त्रीले भने — महाराज, एक वर्षको लागि मलाई तपाईंको घोडा दिनुस् ।
राजालाई यो सुनेर रिस उठ्यो र भने— तिमीलाई अहिले फाँसी हुँदैछ र पनि तिमीले एक वर्षका लागि मेरो घोडा मागिरहेका छौ ?
मन्त्रीले राजा खोल्दै भने— महाराज, मसँग एउटा यस्तो कला छ जसको सहाराले मैले घोडालाई उड्ने खालको घोडा बनाउन सक्छु । म मरेँ भने मेरो कला मसँगै मरेर जानेछ ।
राजाले सोधे— एक वर्षको कुरा त हो नि । मेरो घोडा साँच्चै उड्न थाल्यो भने त छिमेकी देशमा मेरो नाम अझ चम्कनेछ । यही सोचेर उनले भने— ठीक छ, तर घोडा उडेन भने एक वर्षपछि पनि तिम्रो सजाय यही हुनेछ, याद राख्नू ।
राजाको घोडाका साथ आफ्नो श्रीमान जिउँदै देखेर मन्त्रीकी श्रीमती आश्चर्यमा परिन् । सबै कुरा सुनेर फेरि उदास हुँदै भनिन्— एक वर्षपछि भए पनि तपाईंलाई सजाय त भइहाल्छ, किनभने तपाईंलाई यस्तो कुनै कला आउँदैन ।
मन्त्रीले उनलाई सम्झाउँदै भने— एक वर्ष कसले देखेको छ र ? हुनसक्छ राजाले आफ्नो राजपात हार्न सक्छ । हुनसक्छ राजा नै मर्न सक्छ । अरु केही नभए नि घोडा नै मर्न सक्छ । त्यसैले जुन आज छ, त्यसैमा बाँच । यही नै हो बाँच्ने कला ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया