माल्दिभ्समा एक महीना अघि लगाइएको कर्फ्यू हट्यो | Khabarhub Khabarhub

माल्दिभ्समा एक महीना अघि लगाइएको कर्फ्यू हट्यो


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माल्दिभ्सको राजधानी मालेमा एक महिनादेखि लगाइएको कफ्र्यु हटाइएपछि आजदेखि यहाँको बजार तथा शिक्षण संस्थाहरु खुलेका छन् ।

गत मार्च ४ तारिखदेखि माल्दिभ्सको राजधानी मालेमा कफ्र्यु लगाइएको थियो । यहाँको स्वास्थ्य सुरक्षा निकायले कोभिड १९ को संक्रमण बढेको भन्दै मालेमा कफ्र्यु आदेशको घोषणा गरेको थियो ।

राजधानी सहरमा लगाइएको कफ्र्यु गए रातिदेखि अन्त्य गरिएको यहाँको स्वास्थ्य सुरक्षा निकायले शुक्रबार जानकारी दिएको हो । बिहीबार साँझ प्रकाशन गरेको सूचनामा बिहीबार राति ११ बजेदेखि बिहान साढे ४ बजेसम्मका लागि लागू गरिएको कफ्र्यु हटाइएको जनाइएको छ ।

कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले गएको मार्च महिनाको ४ तारिखदेखि यहाँ कफ्र्यु लगाइएको थियो । आजदेखि कफ्र्यु हटेपछि यहाँका प्राथमिक विद्यालय, नर्सरीहरु, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पूनः सुचारु हुने भएका पनि बिहीबार साँझ प्रकाशन गरिएको सूचनामा जनाइएको छ ।

यहाँको सरकारले अब राजधानी मालेमा यी सबै सेवा सञ्चालन गर्न दिए पनि कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।

माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्म करिब २४ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ४ : २० बजे

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं– भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो