‘मेरो सपना, मेरो भविष्य’ शीर्षकमा राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता हुँदै | Khabarhub Khabarhub

‘मेरो सपना, मेरो भविष्य’ शीर्षकमा राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता हुँदै


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रीड नेपालले राष्ट्रियस्तरको निबन्ध प्रतियोगीताको आयोजना गरेको छ । क्विक इम्प्याक्ट प्रोजेक्ट लागु भएका ६ जिल्लाका ६० विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी लक्षित निबन्ध प्रतियोगिताको आयोजना गरिएको प्रोजेक्टका टिम लिडर गीता सुवेदीले जानकारी दिईन् ।

जाइका र आसी नेटको आर्थिक सहयोगमा कोरोनाको कहरपछि विद्यालय छाड्ने दरलाई घटाउने र रेडियोबाट सिकाउने द्येयसहित किशोरी लक्षित संचालित ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत ‘मेरो सपना, मेरो भविष्य’ शीर्षकमा निबन्ध प्रतियोगीताको आयोजना गरिएको हो ।

लैङिगक समानता तथा सामाजिक समावेशीकरणलाई ध्यानमा राख्दै रेडियो कार्यक्रम ‘मेरो रेडियो पाठशाला, मेरो भविष्य’मा समाबेश विषयवस्तुलाई आधार मानेर प्रतियोगीतामा सहभागी बन्न सकिने रीड नेपालले जनाएको छ ।

टिम लिडर सुवेदीले भनिन्, ‘निबन्धमा ‘मेरो रेडियो पाठशाला, मेरो भविष्य’को रेडियो कार्यक्रममा समाबेश किशोरी शिक्षा, यौन तथा लैङिगकतामा आधारित हिंसा, सूचना प्रविधि, स्वास्थ्य, आर्थिक सशक्तिकरण, जिविकोपार्जन लगायतका विषयमा परेको प्रभाव झल्कनुपर्नेछ ।’

महिला शसक्तिकरण, दिगो विकास र ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’भन्ने नारालाई साकार पार्न क्विक इम्प्याक्ट प्रोजेक्टले समाजमा भएका नकारात्मक अभ्यासहरुलाई कम गर्न, कोरोना भाईरस (कोभिड १९) महिला तथा किशोरीहरुमा परेको प्रभाव र समाधानका उपायहरु, आफ्नो भविष्य र सपना प्रतिको दृढतालाई अनिवार्य अभिव्यक्त गर्नुपर्ने बताइएको छ ।

खोटाङ, ओखलढुंगा, सिन्धुली, ताप्लेजुङ, रुपन्देही र बझाङका ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ लागु भएका विद्यालयहरुका विद्यार्थीले प्रतियोगीतामा सहभागी बन्न पाउनेछन् । एक हजार शब्द नघटाई लेख्न पाईने निबन्ध कार्यक्रम लागु भएका ६० वटा विद्यालयमा प्रत्यक्ष लेखन प्रतियोगीता संचालन गर्ने र हरेक विद्यालयबाट उत्कृष्ट एक निबन्ध फाइनल भिडन्तका लागि केन्द्रमा ल्याइनेछ ।

६ जिल्लाबाट प्राप्त ६० निबन्धमध्ये उत्कृष्ट ६ निबन्ध छनौटमा पर्नेछन् । त्यसमध्ये प्रथम, द्धितीय र तृतीयका साथै सान्त्वना ३ जनालाई पुरस्कृत गरिनेछ । विजेता विद्यार्थीले ३० हजार, २५ हजार, २० हजार र १५–१५ हजारको साथमा प्रमाण–पत्र प्रदान गरिनेछ ।

विद्यालय तहमा प्रथम हुने विद्यार्थीलाई पनि एक–एक हजारको साथमा प्रमाण–पत्र प्रदान गरी तयारी गरिएको छ । अन्तिम विजेता विद्यार्थीको निबन्ध राष्ट्रियस्तरको सञ्चारमाध्यमबाट प्रसारण वा प्रकाशन गर्ने योजना समेत रहेको छ ।

३० अप्रिलसम्म विद्यालयस्तरको निबन्ध प्रतियोगीता गरेर उत्कृष्ट निबन्ध रीड नेपालको केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्नेछ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : ०९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम