अभिनेत्री आलियालाई कोरोना संक्रमण | Khabarhub Khabarhub

अभिनेत्री आलियालाई कोरोना संक्रमण


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता प्रेमी रणवीर कपूर कोभिडबाट मुक्त भएको केही साता बित्न नपाउदै उनकी अभिनेत्री प्रेमिका आलिया भट्टलाई कोरोना संक्रमण भएको छ ।

बलिउडमा कार्तिक आर्यन, रणवीर, मनोज वाजपेयी, आमिर खान र तारा सुतारिया जस्ता कलाकारहरु कोभिड संक्रमणमा परिरहँदा अब यो सूचीमा आलिया पनि अटाएकी छन् ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार आलियाले इन्स्टाग्राममा आफू कोरोनाको संक्रमणमा परेको जानकारी दिएकी छन् । ‘हेलो, म कोभिड संक्रमित भएकी छु । म घरमै छु र मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । चिकित्सकको निर्देशन अनुसार सबै कोभिड नियमलाई पालना गरिरहेकी छु । तपार्इंहरु सबैको प्रेम र सहयोगका लागि धन्यवाद । सबैले स्वास्थ्यको ख्याल गर्नुहोला’, उनले लेखेकी छन् ।

आलिया अघि रणवीर गत मार्च ९ मा कोभिड संक्रमित भएका थिए । आफू संक्रमित भएपछि रणवीर होम क्वारेन्टाइनमा थिए । अहिले उनको रिपोर्ट नेगेटिभ आएपछि उनी काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : ५६ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको