ओमान प्रवेश गर्ने नेपालीलाई कोरोना नेगेटिभको रिपोर्ट अनिवार्य « Khabarhub

ओमान प्रवेश गर्ने नेपालीलाई कोरोना नेगेटिभको रिपोर्ट अनिवार्य


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नयाँ प्रजातिको कोरोना जोखिमलाई ध्यानमा राख्दै नेपालबाट ओमान प्रवेश गर्ने सबै नेपाली नागरिकले अनिवार्य रुपमा कोरोना नेगेटिभ देखाएको ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ ।

ओमानको नागरिक उड्ययन प्राधिकरणले ओमान प्रवेश गर्ने नेपालीहरुको लागि स्वास्थ्यसम्बन्धि मापदण्डहरु अनिवार्य पालना गर्न आग्रह गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

पीसीआर रिपोर्ट अंग्रेजी भाषामा भएको हुनुपर्नेछ ।

अब निशुल्क उपचार भएका व्यक्तिबाहेक अरु सबै यात्रुले कोरोनाको उपचार समेत समेटिएको अन्तर्राष्ट्रिय स्वास्थ्य बिमा पनि अनिवार्य साथमा हुनुपर्ने दूतावासले जनाएको छ ।

यात्रा गर्नुपूर्व दूतावासले उपलब्ध गराएको लिंकमा गएर पीसीआर परीक्षणका लागि उपलब्ध पूर्वदर्ता फारम भर्नुपर्नेछ । पीसीआर परीक्षणको शुल्क २५ ओमानी रियाल रहेको दूतावासले जनाएको छ ।

ओमान प्रवेश गर्ने नेपालीले अब आफ्नो मोबाइलमा Tarassud+ एप डाउनलोड गरेको हुनुपर्नेछ । तर १५ वर्ष मुनिका बालबालिकाहरुलाई भने पीसीआर परीक्षण र एप अनिवार्य गरिएको छैन ।

प्राधिकरणको स्वास्थ्य मापदण अनुसार ओमान पुगेपछि सबैले सातदिनसम्म क्वरेण्टीनमा बस्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १० : ३४ बजे

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक