कोभिडविरुद्ध दैनिक खोप सेवा सञ्चालनको तयारी | Khabarhub Khabarhub

कोभिडविरुद्ध दैनिक खोप सेवा सञ्चालनको तयारी


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा कोभिड–१९ विरुद्ध दैनिक खोप सेवा सञ्चालनको तयारी गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बुधबार बसेको बैठकले दिक्तेलको अस्थायी कोभिड अस्पतालमा कोभिडविरुद्ध दैनिक खोप सञ्चालनको निर्णय गरेको हो ।

कतिपय पालिकामा पठाइएका कोभिडविरुद्धका खोप फिर्ता आउन थालेपछि अस्थायी कोभिड अस्पतालबाट दैनिक खोप सेवाको व्यवस्थाका लागि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले बताए ।

हालसम्म कोभिड विरुद्धका खोप लगाउन छुट भएका तथा इच्छुक नागरिकलाई लक्षित गर्दै दैनिक खोप सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।
बैठकमा अस्थायी कोभिड अस्पतालबाट दैनिक कोभिड विरुद्धका खोप सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालयले खोप तथा खोप सामग्री उपलब्ध गराउने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक एक जना खोप लगाइदिने स्वास्थ्यकर्मी खटाउने र जिल्ला अस्पतालले खोप सेवा सञ्चालन गर्ने हल उपलब्ध गराउने निर्णय भएको छ । अन्य स्थानीय तहबाट फिर्ता पठाइएका कोभिड खोपलाई सदुपयोग गर्दै दैनिक खोप सेवा सञ्चालनको तयारी थालिएको छ।

यसअघि स्ट्राजेनिका खोपको पहिलो मात्राको खोप लगाएका नागरिकका लागि आगामी २२ र २३ मंसिर मा दोस्रो खोप अभियान सञ्चालन गरेपछि दिक्तेलबाट दैनिक खोप सेवा सञ्चालनको व्यवस्था गरिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । गत १५ र १६ भदौ तथा ४ र ५ असोजमा स्ट्राजेनिका खोपको प्रथम मात्राको अभियान सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ०१ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक