जिग्रीको गीतमा रोमान्टिक धुर्मुस सुन्तली | Khabarhub Khabarhub

जिग्रीको गीतमा रोमान्टिक धुर्मुस सुन्तली


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार कुमार कट्टेल ‘जिग्री’को स्वरमा रहेको गीत ‘मायलो जीवन सजाऊ’ सार्वजनिक भएको छ । गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ ।

भिडियोमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को अभिनय रहेको छ । यसअघि जिग्रीले गाएको ‘मञ्जुरी’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

धुर्मुस सुन्तलीको १४ औं वैवाहिक वर्षगाँठको अवसर पारेर गीत सार्वजनिक गरिएको हो । दाजुभाउजुको वैवाहिक वर्षगाँठलाई थप विशेष बनाउन पनि आफ्नो स्वरमा रहेको गीत सुम्पिएको जिग्रीले बताए ।

रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा धुर्मुस सुन्तलीलाई वैवाहिक वर्षगाँठ मनाउन व्यस्त प्रेमिल दम्पतीको रुपमा प्रस्तुत गरिएको छ ।

राजेन्द्र मोक्तानको रंग संयोजन तथा बन्दे प्रसादको सम्पादन रहेको गीतको भिडियो धुर्मुस सुन्तली युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : ५८ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित