झन्झटिलो प्रक्रियाका कारण उत्पादनतर्फ आकर्षित भएनन् व्यवसायी | Khabarhub Khabarhub

झन्झटिलो प्रक्रियाका कारण उत्पादनतर्फ आकर्षित भएनन् व्यवसायी


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– झन्झटिलो प्रक्रियाका कारण उत्पादनतर्फ आकर्षण बढ्न नसकेको व्यवसायीहरूले बताएका छन् ।

वर्तमान राजस्व नीतिको समीक्षा एवं आगामी नीति बारे सुझाव सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीले अव्यवस्थित भन्सार प्रणाली, अव्यवहारिक राजस्व नीति र झन्झटिलो प्रक्रियाका कारण उद्योगीको उद्योग व्यवसायतर्फ रुचि नदेखाएको हुन् ।

आन्तरिक राजश्व कार्यालयको सहकार्य, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक पोखरेलले भन्सार बिन्दुमा एकीकृत जाँच प्रणाली छिटो स्थापना गर्न, भन्सारसँग सरोकार राख्ने बैंक, क्वारेनटिइन, नापतौल र गुणस्तर कार्यालयलाई २४ सै घण्टा खोल्ने व्यवस्था मिलाउन माग गरे ।

उद्योगी व्यवसायीले सरकारले विगतमा २० अर्ब भन्सार राजस्वको परिकल्पना गर्दाको भन्सार व्यवस्थापन आज १ सय २७ अर्बको राजस्व परिकल्पना गर्दा पनि उहीँ क्षमतामा चलिरहेको गुनासो गरे । उनीहरूले भन्सार कार्यालयको क्षमता बढाउन, अनलाइन प्रणालीलाई व्यवस्थित गर्न, ठूला उद्योगको समस्या समाधान गर्ने नाममा साना उद्योगलाई मारमा नपार्न, करको दायरा बढाउँदै दर घटाउन, कोभिडले मारमा परेका उद्योगी व्यवसायीलाई ब्याजलगायत विषयमा सुविधा दिन उद्योगी व्यवसायीले माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले वर्षौदेखि उद्योगी व्यवसायीका समस्या उठाउँदा पनि सुनुवाइ नभएको गुनासो गरे । उद्योग वाणिज्य संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले अर्बौं लगानी भएका उद्योगहरूको सुरक्षामा राज्य गम्भीर नभएको आरोप लगाए ।

घरेलु तथा साना उद्योग समितिका लुम्बिनी प्रदेश अध्यक्ष नेत्र पाठकले खानिजन्य र बन पैदावारसँग सम्बन्धित उद्योगहरू सञ्चालन गर्ने वातावरण बनाउन माग गरे ।

नेपाल उद्योग परिसंघ लुम्बिनीका उपाध्यक्ष बाबुराम बोहराले उत्पादनमा लागेका उद्योगीहरूलाई राज्यले प्रोत्साहन गर्न नसकेको गुनासो गरे । उनले कच्चा पदार्थको आयात गर्ने सवारी साधन र पर्यटक भित्रिने सवारी साधनलाई अलगअलग सडकको व्यवस्था गरेर भन्सारमा लाग्ने सवारीको लाइन घटाउन आग्रह गरे ।

व्यवसायीहरूले राखेका सुझावहरूको सम्बोधन गर्दै अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले भन्सारहरूको क्षमता अभिवद्धि गर्न ,भन्सार प्रक्रियामा सामानहरू जाँचपास गर्न भेहिकल स्क्यानको व्यवस्था गर्ने, अनलाइनलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : १२ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले