सर्वोच्च अदालतमा दंगा प्रहरी परिचालन प्रति अधिवक्ताहरुको आपत्ति | Khabarhub Khabarhub

सर्वोच्च अदालतमा दंगा प्रहरी परिचालन प्रति अधिवक्ताहरुको आपत्ति


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका दंगा प्रहरी परिचालन गरिएको प्रति अधिवक्ताहरुले आपत्ति जनाएका छन् । शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा दंगा प्रहरी परिचालन गरिनु खेदजनको रहेको उनीहरुको भनाइ छ ।

सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले सर्वोच्चभित्र प्रहरी परिचालन गरेर कार्यपालिकाले न्यायापालिकामाथि हस्तक्षेप गर्न खोजेका बताए । कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन गरेर हुर्मत लिने काम गरिएको उनले बताए ।

उनले भने,‘ इतिहासमै यसरी न्यायपालिकाभित्र दंगा प्रहरी परिचालन भएको पहिलो घटना हो ।’ आगामी दिनमा यस्ता काम गर्न सम्बन्धित निकायसँग समेत आग्रह गर्दछु ।

सर्वोच्चको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै गृहमन्त्रालयले दंगा प्रहरी खटाएपछि न्यायधीशहरुले आपत्ति जनाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु केहीदिनदेखि सर्वोच्चममा विरोध गरिरहेका छन् । सर्वोच्च परिसरमा ५० भन्दा बढी दंगा प्रहरी परिचालन गरिएको छ ।

सर्वोच्च अदालतको पछिल्लो आवस्थालाई ध्यानमा राखेर शान्ति सुरक्षालाई सहज बनाउन र सुरक्षामा कुनै किसिमको असहजता आउन नदिन प्रहरी खटाईको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ४८ बजे

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको

लगानीका लागि आशयपत्र आह्वान गर्न लागिएका २० परियोजना यस्ता छन्

काठमाडौं– आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०